ई-आर्थिक, चितवन । नारायणी डेभलपमेन्ट बैंक अव नयाँ स्थान र भवनबाट संचालनमा आउने भएको छ । विस २०५८ साल ०६ महिना १२ गतेदेखि केन्द्रिय कार्यालय रत्ननगर नगरपालिका वडा नं.–०१, बकुलहर, टाँडी, चितवनमा राखी चितबन जिल्लालाई आधार बनाई चितवनको मूख्य मूख्य पाँच स्थानमा (टाँडी, यज्ञपुरी, भरतपुर, नारायणगढ र पर्सा) शाखा कार्यालयहरु खोली आफ्नो बैंकिङ्ग कारोवार संचालन गर्दै आइरहेको थियो ।
यस नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आधुनिक बैंकिङ्ग प्रणालीमा प्रयोग हुने सुविधाहरुको प्रयोग गर्दै आफ्नो कारोवारलाई चुस्त र दुरुस्त गर्दै भाखा नाघेका कर्जाहरुको असुलीमा व्यापक जोड दिंदै आईरहेको छ । सो अनुसार हाल राम्रो सुधार पनि भैरहेकोछ ।
बैंकको कारोवारलाई अझ बढाउंने अभिप्रायले साथै सामाजिक सम्वन्धलाई अझ मजवुद वनाउंने आशयले बैंकको साधारणसभाले केन्द्रिय कार्यालय हालको स्थानवाट चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं १० मा स्थानान्तरण भन्ने निर्णय भए अनुसार चितवनको व्यापारिक केन्द्को रुपमा विकसितभएको भरतपुर महानगरपालिका वडा नं १० वाइपासरोड, स्थित जिल्ला सहकारी सघं चितवनको आधुनिक नवनिर्मित भवनमा स्थानान्तरण गर्नको लागि आवश्यक भौतिक पुर्वाधार समेत तयार भै सकेको बैंकले जनाएको छ ।
अन्य केही प्रशासनिक कार्य समाप्त भए पश्चात आगामी माघ महिना भित्रमा बैंकको केन्द्रिय कार्यालय हाकिमचोक स्थित शाखा कार्यालय समेत एकै भवनबाट बैंकिङ्ग सेवा उपलब्ध गराउने तयारी रहेको बैंकले जानकारी दिएको छ ।