ई-आर्थिक, दैलेख । दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको गर्दा पेट्रोलिय पदार्थ नभइ प्राकृतिक ग्यास भएको पत्ता लागेको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ग्यास पत्ता लागेको हो ।
भैरवी गाउँपालिका वडा नम्बर १ स्थित जलजलेमा चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास भण्डारणको सङ्केत पत्ता लागेको हो । ड्रिलिङपछि निकालिएको ग्यासको नमुना नमुना चीनको ल्याबमा पठाइएको छ ।
दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको थियो ।
चिनियाँ प्राविधिक टोलीले ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे’ तोकिएकै समयमा सम्पन्न गरेको थियोभने ड्रिलिङको काम गरेका थिए ।
नेपाल सरकारले २०८२ सम्म पेट्रोलियम अन्वेषणको काम सक्ने योजना बनाएको छ । पेट्रोलियम पदार्थको उत्खनन् र अन्वेषणमा गर्न दुई अर्ब ४० करोड रुपैयाँसँगै प्राविधिक सहयोग गर्ने गरी चीन र नेपाल सरकारबिच सम्झौता भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत पेट्रोलियम पदार्थको नमुना निकालिएको र अब यसलाई प्रयोगशालामा परीक्षण गरी व्यावसायिक उत्खननको कामलाई अघि बढाइने बताएका छन् ।
प्रधानमन्त्री ओलीले ‘अब लाग्ने बजेटको अनुमानित विवरण र निकालिएको स्याम्पलको परीक्षणको रिर्पोटअनुसार अघि बढ्ने जनाइएको छ । स्थानीय तथा प्रदेश सरकारले समेत व्यावसायिक उत्खननका लागि पहल थाल्न सङ्घीय सरकारलाई आग्रह गरेका छन् ।’