२०८३ साउन १० आइतबार

कर्णाली डेभलपमेन्ट बैंकद्वारा बचतकर्ताको निक्षेप फिर्ता गर्न सुरु

ई आर्थिक    शुक्रबार, पौस १९ २०८१
3.2K
Shares
कर्णाली डेभलपमेन्ट बैंकद्वारा बचतकर्ताको निक्षेप फिर्ता गर्न सुरु

ई-आर्थिक, नेपालगन्ज ।  कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले बचतकर्ताको निक्षेप फिर्ता गर्न सुरु गरेको छ।  नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी व्यवस्थापन जिम्मा लिएको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले बचतकर्ताको निक्षेप फिर्ता गर्न सुरु गरेको हो ।

नेपाल राष्ट्र बैंकद्वारा  बैंकले करिब दुई करोड रुपियाँ निक्षेप फिर्ता गरिसकेको जनाएको छ ।

बैंकका १९ शाखामध्ये १६ वटा शाखामार्फत प्रति व्यक्ति बढीमा २५ हजार रुपियाँका दरले एउटा शाखामा ५० जनाको रकम फिर्ता गरिएको राष्टबैंकले बताएको छ ।

केन्द्रीय बैंकका अनुुसार  निक्षेप फिर्ता पाउने शाखामध्ये दाङका ७, बर्दियाका ६ र बाँकेका ३ वटा रहेका छन्।

नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले एक सूचना प्रकाशित गरी प्रथम चरणमा बिरामी, वृद्ध, बालबालिकालाई औषधि उपचार प्रयोजनका लागि आवश्यक कागजात पेश गरेको आधारमा अधिकतम् २५ हजार रुपियाँका दरले एउटा शाखाको ५० जनालाई निक्षेप भुक्तानी गर्ने जनाएको थियो। सोही आधारमा कागजात ल्याएकाहरुको निक्षेप फिर्ता गरिएको जनाईएको छ।

नेपाल राष्ट्र बैंकको प्रारम्भिक छानबिनमा बैंकमा अनियमिता भएको आशंका गरिएको छ। एक साता भित्र छानबिन सकेर सही तथ्यांक बाहिर ल्याइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij