२०८३ साउन १० आइतबार

नागार्जुनका मेयर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता, ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप

ई आर्थिक    आइतबार, पौस १४ २०८१
8.6K
Shares
नागार्जुनका मेयर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता, ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप

ई-आर्थिक, काठमाडौं ।  नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

बस्नेतमाथि भ्रष्टाचार अनि सम्पत्ति शुद्धीकरणको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

एक हाउजिङ कम्पनी पद्मा मर्चेन्ट र त्यसका सञ्चालक राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ ।

मेयर बस्नेतले पद्मा मर्चेन्टलाई फाइदा हुनेगरी स्थानीय बासिन्दाहरूलाई निकै कम मूल्यमा जग्गा बेच्न लगाएका थिए । अख्तियारका अनुसार ४७ करोड ७५ लाख रुपैयाँ पर्ने जग्गाहरू उनले पद्मा कोलोनीका लागि १८ करोड ९४ लाख रुपैयाँमा उपलब्ध गराएका थिए ।

साथै अख्तियारले पद्मा मर्चेन्ट कम्पनी र त्यसका सञ्चालक कँडेलबाट लाभ लिएको आरोपसमेत लगाएको छ ।

अख्तियारका अनुसार कँडेल र उनको कम्पनीलाई साढे २५ करोड रुपैयाँ लाभ भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । मोहन बस्नेतकी पत्नी उर्मिलाको खातामा ६ करोड ८२ लाख रुपैयाँ जम्मा भएको दाबी अख्तियारको छ ।

अख्तियारले बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अर्को मुद्दासमेत दायर गरेको छ । अख्तियारले पद्मा कोलोनीका सञ्चालक बस्नेत र उनको कम्पनीमाथि पनि ९ करोड २२ लाख रुपैयाँ बिगो मागदाबी गरी मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij