२०८३ साउन ११ सोमबार

एमएडब्लू वृद्धिले पायो चांगानको प्रतिष्ठित ‘सांग्रिला न्यू इनर्जी नीति अवार्ड’

ई आर्थिक    आइतबार, पौस १४ २०८१
5.1K
Shares
एमएडब्लू वृद्धिले पायो चांगानको प्रतिष्ठित ‘सांग्रिला न्यू इनर्जी नीति अवार्ड’

ई-आर्थिक, काठमाडौं ।  नेपालका लागि चांगान तथा दिपलका फ्युचरिस्टिक ईभीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि अटोकर्प प्रालि चांगानको प्रतिष्ठित सांग्रिला न्यू इनर्जी नीति अवार्डबाट सम्मानित भएको छ।

विद्युतीय सवारीसाधनको विस्तारमा अद्वितीय योगदान पुर्‍याउनुका साथै नेपाली अटोमोबाइल बजारमा महत्वपूर्ण भूमिका निभाएको भन्दै दोस्रो ठूलो चिनियाँ अटोमोबाइल समूह चांगानले एमएडब्लू वृद्धि यो अवार्डबाट सम्मानित गरेको हो।

एमएडब्लू वृद्धिका अध्यक्ष विष्णुकुमार अग्रवाललाई चांगानको हेडक्वाटर चीनको चोङकिङ प्रान्तमा जारी ‘चांगान ग्लोबल पार्टनर्स कन्फिरेन्स’मा यो अवार्ड हस्तान्तरण गरिएको हो। हरित र स्मार्ट भविष्यको विकास गर्दै दीर्घकालिन गतिशिलतामा एमएडब्लू वृद्धिको प्रतिबद्धता र नेपालमा ईभीको सफल प्रवर्द्धनलाई मध्यनजर गरी यो अवार्ड दिइएको चांगान ग्लोबलले जनाएको छ।

‘यो सम्मानले हाम्रा ग्राहक र साझेदारको विश्वास र साथलाई प्रतिनिधित्व गर्छ,’ अवार्ड ग्रहण गरेपछि एमएडब्लू वृद्धिका अध्यक्ष विष्णुकुमार अग्रवालले भने, ‘हामी सफल र सुदृढ भविष्यका लागि नेपालमा अत्याधुनिक विद्युतीय सवारीसाधन र दीर्घकालीन समाधान ल्याउन प्रतिबद्ध रहनेछौँ।’

दीर्घकालीन भविष्यको नेतृत्व गर्ने चांगानको विश्वव्यापी नीतिलाई अवलम्बन गर्दै एमएडब्लू वृद्धिले फ्युचरिस्टिक र ग्राहकमैत्री उत्पादनहरुमार्फत नेपालको ईभी क्रान्तिलाई अघि बढाइरहेको छ।

चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो जसको एकसय ६२ वर्ष लामो विरासत छ। ८ महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल ईभी अहिलेसम्ममा ७ सयभन्दा बढी बिक्री भइसकेका छन्। विशेषत यसको डिजाइन र टेक्नोलोजीका कारण यो ग्राहकको रोजाइमा परेको हो।

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् जसका कारण यो ईभी नेपाल बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij