२०८३ साउन १० आइतबार

‘शब्दहरूले मात्र मेरो आभार व्यक्त गर्न पर्याप्त छैनन्’

ई आर्थिक    आइतबार, पौस १४ २०८१
7.4K
Shares
‘शब्दहरूले मात्र मेरो आभार व्यक्त गर्न पर्याप्त छैनन्’

रजनी थापा

गौरवमय इतिहास बोकेको नेपाल जेसीजको ५१औं राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय अध्यक्ष पदमा निर्वाचित गराउनुहुने, यस यात्रामा स्थापना देखी हालसम्म यस संस्थालाई विभिन्न आरोह, अवरोहका विच निरन्तर डोर्याउनु हुने, मलाई विश्वास गर्ने, समर्थन गर्ने र मेरो साथ दिने सम्पुर्ण अंग्रज जेसीज मार्गदर्शकज्यूहरूमा ह्रृदयको अन्तष्करणबाट सादर नमन टक्राउदछु।

यहाँहरूले हाल्नु भएको जगमा आज म एक इट्टा बनेर थप उचाई थप्न आईपुगेकी छु।

नेपाल जेसीजको गर्विलो इतिहासलाई अक्क्षुण राख्दैं सदैव यसको उदेश्य र लक्ष्य प्राप्तिमा प्रयासरत रहनेछु। हाम्रो भविष्य हामी आफैले कोर्ने हो। सुन्दर भविष्यको मार्गचित्र कोर्न हामी सबै जुटेमा हाम्रै पालोमा संभव छ र यसका निमित्त सबैमा सहभागिता मुलक सहकार्यका लागि आह्रवान गर्दछु। अब हामीसँग मिलेर इतिहास बनाउने, परिवर्तनलाई प्रेरित गर्ने र उद्देश्य सहित नेतृत्व गर्ने समय हो, नेपाल जेसीजको उज्यालो भविष्यतर्फ ।

जिवनका उतार चढावहरूका विच नेपाल जेसीजको अध्यक्षसम्म आईपुग्दा जेसीज मित्रहरूले दिनु भएको प्रेरणा, हौसला र साथ मेरो मानसपटलमा जीवन्त रहिरहनेछ। आगामी दिनमा काम गर्दै जाँदा यहाँहरूको साथ र खबरदारीको समेत मैले आशा राखेकी छु। म यहाँहरू संग हातमा हात, साथमा साथ र विचारमा विचार मिलाई नेपाल जेसीज र सम्पुर्ण शाखाहरूलाई समाज, राष्ट्र र विश्व समुदाय माँझ ब्रान्डिगं गरी नवप्रर्वतन मार्फत थप परिचित र स्थापित गर्न चाहन्छु।

स्थानीय,प्रदेश,संघिय सरकार र विभिन्न संस्थाहरू संगको समन्वयन र सहकार्य मार्फत समुदायमा जेसीजको प्रभावकारिता बढाउन पहल गर्नेछु। म एक्लै होइन सामुदायिक पहलमा विश्वास गर्ने भएकोले यस अभियानमा सम्पुर्ण अंग्रज, सहकर्मी र जुनियर जेसीज महानुभवहरूको सक्रिय संलग्नता चाहन्छु र यो विजय केवल मेरो मात्र होइन, यो हामी सबैको हो भन्ने कुरा पनि यहाँहरु समक्ष अवगत गराउन चाहान्छु ।

अन्त्यमा,मलाई नेपाल जेसीज सन् २०२५का लागी राष्ट्रिय अध्यक्षमा, सन् १९९९ पश्चात चौथो महिला अध्यक्षको रूपमा निर्वाचित गर्न प्रत्यक्ष वा अप्रत्यक्ष साथ र सहयोग गर्नुहुने मेरा अंग्रजज्यूहरु, शाखा अध्यक्ष्यज्यूहरू, बोर्डका पदाधिकारीज्यूहरू, महिला जेसीज मित्रहरू, जुनियर भाइ वहिनीहरू, समाजका विभिन्न तह र तप्कामा रहनुहुने महानुभवहरू सबै-सबैमा मनैबाट अनुग्रहित हुदै हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij