ई-आर्थिक, काठमाडौं । भूगर्भ सिमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित पुस २८ गते वार्षिक साधारण सभा बोलाएको जानकारी दिएको छ ।
पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल, काठमाडौ.मा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाका लागि तय गरिएको छ । आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिई लिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।