२०८३ साउन १२ मंगलबार

चन्द्रागिरि-१२ का वडा अध्यक्ष महर्जन पक्राउ, सहकारी ठगीको आरोप

ई आर्थिक    सोमबार, पौस ८ २०८१
3.3K
Shares
चन्द्रागिरि-१२ का वडा अध्यक्ष महर्जन पक्राउ, सहकारी ठगीको आरोप

ई–आर्थिक, काठमाडौं । सहकारी ठगी आरोपमा चन्द्रागिरि नगरपालिका –१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । उनलाई सहकारी ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

उनी उक्त सहकारीका कोषाध्यक्ष हुँदा संस्थाको रकम हिनामिना गरेको आरोपमा लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij