२०८३ साउन ९ शनिबार

लुम्बिनी विकास बैंकले ७ प्रतिशत लाभांश दिने

ई आर्थिक    शुक्रबार, पौस ५ २०८१
4.1K
Shares
लुम्बिनी विकास बैंकले ७ प्रतिशत लाभांश दिने

ई-आर्थिक,  काठमाडौं । लुम्बिनी विकास बैंकले ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

यस बैंकको पुस ५ गते शुक्रबार विहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर सहित ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

नियामक नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण गरिनेछ । गत आर्थिक वर्षमा बैंकले ४ प्रतिशत बोनस सेयर र करसहित ४.५ प्रतिशत नगद गरी कुल ८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij