२०८३ साउन १० आइतबार

इसेवा महा–उत्सव बम्पर उपहारमा रवि बम्जनले जिते नामी कार

ई आर्थिक    सोमबार, पौस १ २०८१
3.9K
Shares
इसेवा महा–उत्सव बम्पर उपहारमा रवि बम्जनले जिते नामी कार

ई-आर्थिक, काठमाडौं ।  इसेवाले चाडपर्वको अवसरमा ग्राहकलाई थप हर्सौल्लास प्रदान गर्ने उद्देश्यले आयोजना गरेको इसेवा महा–उत्सवको बम्पर उपहारको घोषणा गरेको छ । आज फेसबुक मार्फत लाइभ लक्की ड्र मा मकवानपुर निवासी रवि बम्जनले नामी को इलेक्ट्रिक कार जित्न सफल भएका छन् ।

पुल्चोक, ललितपुर स्थित एलिस कन्फरेन्समा आज एक औपचारिक कार्यक्रमको आयोजना गरी बम्पर उपहार विजेताको घोषणा गरिएको हो । इसेवाका कार्यकारी अधिकृतहरु, प्रेस प्रतिनिधि, सेलिब्रिटीहरू र कन्टेन्ट क्रियटरहरूको उपस्थितिमा फेसबुक लाइभ मार्फत इसेवा महा–उत्सवको बम्पर उपहार विजेता छनौट गरेको हो ।

सदिक्षा श्रेष्ठद्वारा उद्घोषित कार्यक्रम इसेवाका ब्राण्ड प्रवद्र्धकको रुपमा रहेका नेपाली क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल, राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल, तथा हाँस्यव्यङ्य कलाकार सुमन कार्कीको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।
२०८१ साल आश्विन १ देखि कार्तिक ३० गते सम्म चलेको इसेवा महा–उत्सव नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वको अवसरमा प्रयोगकर्ताहरुमा थप उत्साह प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो । यस महा–उत्सवमा दैनिक फ्ल्यास सेल, रील प्रतियोगिता देखि ६५ इन्चको टिभी,  आईफोन १६ र आईफोन १६ प्रो  जस्ता मेगा उपहारहरुका साथै बम्परमा नामी को इलेक्ट्रिक कार जित्ने मौका पनि समावेश थियो । इसेवा महा–उत्सवमा सहभागी भई नामी  कार जित्नका लागि इसेवा मार्फत आश्विन १ देखि कार्तिक ३० भित्र कुनै पनि कारोबार गर्नुपर्ने थियो भने यसैगरी, रु. १०० को खेल खेल्ने प्रयोगकर्ताहरूलाई आईफोन १६  जित्ने मौका र बिजुली बिल, खानेपानी, टिभी, आदि जस्ता घरायसी बिल भुक्तानी गर्दा ६५ इन्चको टिभी जित्न मौका थियो ।

इसेवा महा–उत्सवको अधिकांश विजेताहरूको घोषणा इसेवाको फेसबुक पेजमा फेसबुक लाइभ मार्फत भइसेको छ भने बाँकी पुरस्कार विजेताहरु पनि फेसबुक लाइभ मार्फत नै चयन गरिनेछ । सरोज कुमार पाण्डे र अविन गुरूअचार्यले रु. १०० को खेलमा ष्एजयलभ ज्ञट जित्न सफल भएका थिए भने अनिल चालिसे, दिपक महतो र अनिल सिंहले इसेवा टिकटक प्रतियोगितामा सहभागी भई क्रमशः रु. ५०,०००, रु. २५,००० र रु. १५,००० हात पारेका थिए ।

नामी कार जित्न सफल विजेता रवि बम्जनलाई बधाई दिदै इसेवाका प्रमुख रणनीतिक अधिकारी श्री रवि शाक्यले सम्पूर्ण प्रयोगकर्ता, साझेदार, प्रेस, र इसेवा टिमलाई यस महाउत्सवलाई सफल बनाउन सहयोग गरेकोमा कृतज्ञता व्यक्त गर्नुभयो । सोहि कार्यक्रमको क्रममा उहाँले भन्नुभयो, “ इसेवा महा–उत्सवमा प्रयोगकर्ताहरुको संलग्नता र साझेदारहरुको प्रतिक्रिया अत्याधिक उत्साहजनक रहेकोले हामीलाई थप उर्जा प्रदान गरेको छ ।

इसेवाको मूल लक्ष्य भनेको नेपाली समाजमा रहेको वित्तीय समस्या र चुनौतीहरूको समाधान गर्नु हो र यसका लागि हामी सधैं नवप्रवर्तनहरूमा काम गर्दै जानेछौं । साथै प्रत्येक नेपालीलाई आफ्नो वित्तीय आवश्यकता पुरा गर्न डिजिटल समाधानको माध्यमबाट प्रोत्साहित गर्न थप प्रेरित गर्न लागि रहनेछौँ । इसेवाको साथ हामी सबै मिलेर एक उज्जवल र सुरक्षित वित्तीय भविष्यतर्फ अघि बढिरहेका छौं, जसले हाम्रो जीवनलाई थप सहज र समृद्ध बनाउनेछ । ”

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij