२०८३ साउन ११ सोमबार

ललितपुर महानगरपलिकाले १०६ औँ स्थापना दिवस मनाउँदै, ‘अदृश्य कामहरु दृश्यमा’ प्रदर्शनी गरिने

ई आर्थिक    सोमबार, पौस १ २०८१
4.2K
Shares
ललितपुर महानगरपलिकाले १०६ औँ स्थापना दिवस मनाउँदै, ‘अदृश्य कामहरु दृश्यमा’ प्रदर्शनी गरिने

ई-आर्थिक, काठमाडौं ।  ललितपुर महानगरपलिकाले मंगलबार आफ्नो १०६ औँ स्थापना दिवस मनाउँदैछ ।

सोमबार महानगरपालिकाले १०६ औँ स्थापना दिवसको अवसरमा ‘अदृश्य कामहरु दृश्यमा’ प्रदर्शनी गरिने लगायतका कार्यक्रम राखिएको जानकारी गराएको हो ।

उक्त कार्यक्रममा बोल्दै महानगरपलिकाका मेयर चिरिबाबु महर्जनले १९७५ पुसको २ गते स्थापना भएको महानगरपालिका सबैभन्दा जेठो भएको बताए । उनले काठमाडौं महानगरपालिका समेत ललितपुर महानगरपालिका भन्दा तीन महिना कान्छो भएको उनले बताए ।

उनले भने, ‘१९७५ पुसको २ गते स्थापना भएको महानगरपालिका सबैभन्दा जेठो महानगरपालिका हो । काठमाडौं महानगरपालिका समेत ललितपुर महानगरपालिका भन्दा तीन महिना कान्छो छ । त्यसैले भोलि चाँही हामी १०६ औँ स्थापना दिवस मनाउँदैछौं । सबैलाई निमन्त्रणा यतैबाट गर्न चाहन्छु ।’

साथै उनले एउटै फोटोले हजारौं शब्द बोल्ने बताए । उनले फोटोले हजारौं शब्द बोले पनि भिडियोले लाखौं शब्द बोल्नुपर्ने बताए । उनले महानगरपालिका कुनै कुरामा पनि कमजोर नरहेको बताए । उनले कुनै पनि बिन्दुमा पुगेर काम गरिरहेका छौं भने त्यो रोकिन नहुने जिकिर गरे ।

ललितपुर महानगर नेपालकै सबैभन्दा उत्तम हो भनेर घोषणा गर्ने इच्छा भएको बताए । यसैगरी उनले महानगर सफा र सुगर बनाउनेसमेत धोको रहेको बताए ।

उनले भने, ‘हाम्रो महानगरपालिका कुनै कुरामा कमजोर छैन । धेरै कुरामा अगाडि आएर अब्बल नै छौं । कुनैपनि पोइन्ट वा बिन्दुमा गएर रोकिँदैनौं, निरन्तर चलिरहनुपर्छ । अब हामीलाई एउटा ईच्छा छ जुन ललितपुर नेपालकै सबैभन्दा उत्तम हो भनेर घोषणा गर्ने । यसैगरी ललितपुर महानगरपालिका सफा बनाउने समेत धोको छ ।’

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij