२०८३ साउन १० आइतबार

‘योजनाहरुका विषयमा मन्त्रालय-मन्त्रालयका बिचमा समन्वय नहुँदा समस्या’

ई आर्थिक    सोमबार, पौस १ २०८१
4K
Shares
‘योजनाहरुका विषयमा मन्त्रालय-मन्त्रालयका बिचमा समन्वय नहुँदा समस्या’

ई- आर्थिक, काठमाडौं ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले १६ औं योजनामा एउटा मन्त्रालयले गरेको योजनाहरु अर्को मन्त्रालयका मन्त्रीको स्वामित्वमा नभएको गुनासो गरेका छन् ।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तरगतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा योजना आयोगका सदस्यहरुसँगको छलफलमा उनले १६ औं योजनाको विषय अध्ययन गर्दा एउटा मन्त्रालयले गरेको योजनाहरु अर्को मन्त्रालयको स्वामित्वमा हुनुपर्नेमा त्यसको विपरित भएको बताए ।

उनले भने,‘अहिले एकदमै द्वन्द्व चर्किएको छ । १६ औं योजनाको विषयमा डकुमेन्टहरु पनि बनाउन दिएका छौं । डकुमेन्टहरु कस्तो आयो भन्दा एउटा मन्त्रालयले गरेको योजनाहरु अर्को मन्त्रालयको मन्त्री स्वामित्वमा हुनुपर्ने भए पनि त्यस्तो देखिदैन ।’

उनले विकासको मोडेलको कुरा गर्दै गर्दा अरुलाई हानि कम हुनेगरी मानव विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा गरे ।

उनले भने,‘विकासको मोडेलको कुरा गर्दै गर्दा आजसम्म हामीले देखेको विकासको मोडेल मानव विकास नै हो ।  मानव विकासको सन्दर्भ गर्दै जाँदा अरुलाई हानी कम हुनेगरी गर्नुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij