२०८३ साउन १२ मंगलबार

जुनेली इंकले ल्यायो १०० डेज फर १०० ग्राहक योजना, ७० प्रतिशतसम्म छुट

ई आर्थिक    सोमबार, मंसिर २४ २०८१
6.8K
Shares
जुनेली इंकले ल्यायो १०० डेज फर १०० ग्राहक योजना, ७० प्रतिशतसम्म छुट

ई–आर्थिक, काठमाडौं । जुनेली इंक प्रालिले आफ्नो फाल्गसिप पोडक्क ३६० कोर बैंकिङ सिस्टममा २०८१ मंसीर २४ गते देखि २०८१ चैत ५ गतेसम्मको लागि फाईनान्स, माईक्रो फाईनान्स, को–अपरेटिभहरुलाई क्लाउड सिस्टममा आफ्नो मुल्यमा ७० प्रतिशतसम्म छुट दिइएको छ । कम्पनीले सय दिनमा सय ग्राहक लक्ष्य लिएको छ ।

कम्पनीका अनुसार ३६० कोर बैंकिङ सिस्टम एक सुरक्षित बैंकिङ सिस्टम भएको कम्पनीको दाबी छ । यसमा आरटीफीसीयल इन्टेलीजेन्सको प्रयोगले ग्राहकलाई सेवा गर्न सहयोग गर्ने बताइएको छ ।

३६० सीबीएसको आफ्नै विश्वासिलो इको सिस्टम छ भने जसबाट मोबाइल बैङ्किङ,मोबाइल टेलर र एटीम सेवाहरू उपलब्ध छ । जुनेलीद्वारा डेभलप गरिएको सो सिस्टम म्यानमार र बङ्गलादेशको माइक्रो फाईनान्समा पनि प्रयोग भइरहेको बताइएको छ । नेपालको हकमा यो सिस्टम हालसम्म ३३ जिल्लाका करिब ३७० को हाराहारीका सहकारीहरूले उपयोग गरिराखेका छन्।

३६० कोर बैङ्किङ सिस्टम र अन्य जुनेली इंकको प्रोडक्टहरु कम्पनीको सेल्स डिपाटमेन्टबाट किन्न या बुकिङ गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij