२०८३ साउन ११ सोमबार

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गर्ने आयोगको तयारी

ई आर्थिक    शुक्रबार, मंसिर २१ २०८१
2.5K
Shares
मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गर्ने आयोगको तयारी

ई-आर्थिक, काठमाडौं । निर्वाचन आयोगले  मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गर्ने भएको छ ।

मंसिर २३  गतेदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य सुचारु गर्ने आयोगबाट निर्णय गरिएको छ। यसअघि स्थानीय तह उपनिर्वाचन, द्दण्डज्ञ प्रयोजनको लागि देशभरबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएकोमा सो उपनिर्वाचन सम्पन्न भई परिणाम समेत प्राप्त भइसकेकोले नियमित मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिएको आयोगले जनाएको  ।

कुनै व्यक्ति पेशा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगाना भन्दा फरक अर्को कुनै जिल्लामा बसोवास गरिरहेको भए तापनि निजले मतदाता नामावलीमा आफ्नो नाम दर्ताका लागि आवश्यक प्रमाण सहित आयोगको वेबसाईटमा रहेको प्रि(रजिष्ट्रेशन प्रणाली ९जततउकस्ररबउउथिखच।भभिअतष्यल।नयख।लउ० मार्फत आवेदन गरेमा त्यस्तो व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता  निता पोखरेल अर्याल  बताइन् ।

मतदाता नामावलीमा नाम दर्ता गर्नको लागि नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक पर्दछ। नागरिकतामा उल्लिखित ठेगानाभन्दा फरक ठेगानामा मतदाता नामावली दर्ता गर्नको लागि नागरिकता, बसाइँसराइ वा विवाह दर्ताको प्रमाणपत्र समेत आयोगको उल्लिखित प्रणालीमा प्रविष्ट गर्नुपर्दछ।

त्यसैगरी कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा कुनै त्रुटि रहेको भए सच्याउने, दोहोरो नाम भएको भए दोहोरो हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्ने लगायतका मतदाता नामावली अद्यावधिक सम्बन्धी कार्य गर्नका लागि आयोगको उल्लिखित प्रणालीमा गई आवेदन गर्न सक्ने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको आयोगले  अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij