ई-आर्थिक, काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । कारोबारको चौथो दिन आज सुन प्रतितोला एक हजार रुपैयाँ बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै , आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी यस दिन प्रतितोला एक हजार ८१५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।