२०८३ साउन १० आइतबार

एनसीएचएलको डेप्युटी सीईओमा नीरज मान सैंजु नियुक्त

ई आर्थिक    सोमबार, मंसिर १७ २०८१
3.3K
Shares
एनसीएचएलको डेप्युटी सीईओमा नीरज मान सैंजु नियुक्त

ई-आर्थिक, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका डेप्युटी सीईओमा नीरज मान सैंजु नियुक्त भएका छन् । सैंजुले नियुक्त भएकै दिनबाट कार्यभार सम्हालेका छन् ।

कम्पनीका अनुसार सैंजु सँग रेमिट्यान्स कम्पनी, विभिन्न वाणिज्य बैंकहरु लगायतमा आबद्ध रही १५ वर्ष भन्दा लामो कार्य अनुभव रहेको छ भने उनले एमबिएस तथा एमबिए गरी डबल मास्टर्सको डिग्री हासिल गरेका छन् ।
उनको अनुभव तथा कुशलताले एनसीएचएललाई नयाँ उचाँईमा लान महत्वपूर्ण योग्दान पुग्नेमा कम्पनीले विश्वास व्यक्त गरेको छ।

एनसीएचएलले आफ्नो १२६ भन्दा बढी कर्मचारीमार्फत ५३ सदस्य बैंक तथा वित्तीय संस्थाहरूलाई एनसीएचएल ईसीसी,एनसीएचएल आईपीएस,रिटेल पेमेन्ट,कनेक्ट आइपीएस लगायका सेवा सञ्चालन गरी प्रदान गर्दै आएको छ । साथै यसमा इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी र पिएसओ, सरकारी तथा अर्ध-सरकारी संस्थाहरु लगायत १०० भन्दा बढी इन्डाइरेक्ट र प्राविधिक सदस्यका रुपमा आबद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij