२०८३ साउन ११ सोमबार

नेपाल क्लियरिङ्ग हाउस र क्यानबीच एनपीएलको लागि साझेदारी

ई आर्थिक    शनिबार, मंसिर १५ २०८१
5.1K
Shares
नेपाल क्लियरिङ्ग हाउस र क्यानबीच एनपीएलको लागि साझेदारी

ई–आर्थिक, काठमाडौं । क्रिकेट असोसिएसन अफ नेपाल (क्यान) र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच नेपाल प्रिमियर लिग २०२४ (एनपीएल २०२४) को अफिसियल अम्पायर पार्टनरको रूपमा नेपाल पे  नेपालको आफ्नै क्यूआर हुनेगरी साझेदारी भएको छ । उक्त साझेदारीको घोषणा क्यानका सचिव पारस खड्का र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले आज एक औपचारिक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपालको पहिलो क्रिकेट लिग एनपीएल १५ मंसिर, २०८१ देखि टियूको क्रिकेट मैदानमा शुरु हुन लागिरहेको छ । राष्ट्रिय स्तरको भुक्तानीको  पूर्वाधारहरु प्रदान गर्दै आएको एनसीएचएलले नेपाली क्रिकेटलाई समर्थन गर्न नेपालपे क्यूआरमार्फत एनपीएल २०२४ मा औपचारिक रुपमा आवद्ध भएको छ । उक्त साझेदारीले नेपाली क्रिकेटको विकासमा सहयोग पुग्नुका साथ यसको विकासमा टेवा पुग्ने विश्वास लिइएकोे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij