२०८३ साउन ९ शनिबार

‘अरु आईभीएफहरुमा उपचार सफल नभएका दम्पतीहरु इन्दिरामा आउने गर्दछन्’

ई आर्थिक    शुक्रबार, मंसिर १४ २०८१
12.1K
Shares
‘अरु आईभीएफहरुमा उपचार सफल नभएका दम्पतीहरु इन्दिरामा आउने गर्दछन्’

डा. नेहा होमागाई

इन्दिरा फर्टिलिटी एण्ड आईभीएफ सेन्टर

इन्दिरा फर्टिलिटी एण्ड आईभीएफ सेन्टर कस्तो संस्था हो ?

इन्दिरा आइभीएफ भारतको आईभीएफ सेन्टर हो । नेपालको इन्दिरा आइभीएफ, भारतको इन्दिराकै सहायक कम्पनी हो । इन्दिरा आईभीएफ सन् २०११ मा भारतको उदयपुरमा स्थापना भएको हो । भारतमा आईभीएफको क्षेत्रमा यो सेन्टर अत्यन्त सफल मानिएको छ । भारतभर यसको एक सय ५५ ओटा भन्दा बही शाखाहरु छन् ।नेपालबाट पनि भारतको इन्दिरा आईभीएफमा धेरै दम्पतिहरु उपचार गर्न जाने गर्दछन् । यसरी त्यहाँसम्म उपचार गर्न जाँदा खर्च बढी हुने भएकाले इन्दिरा आईभीएफले नेपाल सरकारको नीति तथा नियम भित्रमा रहेर २०२४ जनवरीबाट यहाँ आईभीएफ सेन्टर स्थापना गरेको हो ।

यस सेन्टरले हालसम्म कति जनालाई सेवा प्रदान गरिसकेको छ ? संस्थाको सेवाप्रति सेवाग्राही कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

हाम्रो आईभीएफ सेन्टरबाट अहिलेसम्म तीन सय भन्दा बढीले सेवा लिसकेका छन् । हामी स्थापना भएको दश महिना जति मात्र भयो । यस अवधिमा हाम्रो सेन्टरमा सेवा लिन आउनेहरुको संख्या हेर्ने हो भने हामी उत्साहित छौं । यसरी हेर्दा हामी चाँडै नै आम मानिसहरु माझ लोकप्रिय भएका छौ जस्तो मलाई लाग्छ । अहिलेसम्म सेवा लिइसकेका दम्पतिहरुको सकारात्मक प्रतिक्रिया पाएका छौं । यसले हामीलाई काम गर्न अझ उत्साहित गरेको छ ।

यस संस्थाका विशेषताहरुको बारेमा बताइदिनोसन् ?

इन्दिरा आईभीएफ सेन्टर आईभीएफ सेन्टरमात्रै होइन्, यो विश्वको सबैभन्दा बढि अनुसन्धान गर्ने इन्दिरा फर्टिलिटी एकेडेमी पनि हो । हाम्रोमा सबै विषयवस्तुहरु कम्युटराइज छन् । हाम्रोमा ह्यूमनडाटा धेरै छ । भारतको ३० देखि ४० प्रतिशत भन्दा बढी आईभीएफ इन्दिराले गर्ने गरेको तथ्याङक रहेको छ । हरेक बिरामीको डाटाहरु कम्युटरराइज्ड हुन्छ । हामीसंग अनुसन्धान सामाग्री धेरै रहेको छ । यहाँको प्रोट्रोकलर एकदमै एडभान्स रहेको छ । यहाँको मोनिटरिङ सिस्टम एकदमै राम्रो छ । हाम्रोमा भएको प्रविधि उत्कृष्ठ छ । यहाँको आईभीएफमा (सक्सेस रेट) सफलता दर उच्च छ । पहिला पहिला भारतमा रहेको इन्दिरामा नेपालबाट धेरै संख्यामा सेवा लिन जाने गरेका थिए । यसरी भारतसम्म पुगेर उपचार गराउँदा बढी खर्च लाग्ने भएकाले कम्पनीले नेपालमा पनि आईभीएफ सेन्टर संचालनमा ल्याएको हो । हाम्रोमा प्रायः अरु आईभीएफहरुले उपचार गर्न नकेका दम्पतिहरु आउने गर्दछन् । त्यही कारणले हामी अरुभन्दा भन्न र फरक छौं ।

तपाईको संस्थाबाट सेवा लिंदा एक जना बराबर कति रकम खर्च गर्नुपर्ला ?

यसमा लाग्ने खर्चको कुरा गर्दा विरामीको केस अनुसार हुने गर्छ । पेसेन्टको अवस्था हेरर मूल्यमा तलमाथि पर्छ । पेसन्टको सेल्फ वा डोनर के हो त्यसले मूल्य फरक पार्छ ।

नेपालमा बाँझोपन बढ्दो छ भनिन्छ यसरी बाँझोपन बढ्नुको कारण के हुन सक्छ ?

नेपालमा बाँझोपन बढ्नुको धेरै कारणहरु रहेका छन् । वातावरणीय प्रभाव, शुद्द खानपानको अभाव, प्रदुषण, बढ्दो उमेरमा विवाह गर्नु, ध्रुम्रपान मद्यपान आदि हुन् । त्यसैगरी पुरुषहरु वैदेशिक रोजगारीमा जाने क्रमले पनि बाँझोपन बढेको पाइएको छ । त्यसमा पनि खाडी मुलुकमा काम गर्न जाने पुरुषहरुमा यो समस्या देखिएको छ । किनभने खाडीमा बढी तापक्रममा काम गर्नुपर्ने हुन्छ । यसरी बढी तापक्रममा काम गर्न पुरुषको शुक्रकिटमा समस्या आउँछ । यसले गर्दा बच्चा जन्माउन सकिदैन । यसरी हेर्दा यी र यस्तै कारणहरुले बाँझोपन बढ्दो रहेको पाइन्छ ।

सामान्य तरिका र आइभीएफ विधिबाट जन्मिएको बच्चामा केही फरक हुन्छ ?

यसमा केही फरक हुदैन् । भु्रण बन्ने प्रक्रिया सामान्य अवस्थामा फर्टिलाइजेसन प्रक्रिया ट्यूवमा हुन्छ । पुरुषको शुक्रकिट र महिलाको अण्डा ५ दिनसम्म ट्युवमा बस्छ यो सामान्य प्रक्रिया हो । आईभीएफ प्रक्रियामा हामीले फर्टिलाईजेसन प्रक्रिया बाहिर गरेका हुन्छौं । यसलाई ५ दिनसम्म बाहिर राखेर पाठेघरमा राखिन्छ । यसमा यसको बच्चा बनाउने प्रक्रिया मात्र बाहिर गरेको हुन्छ । अरु केही गरिएको हुदैन । यसरी आईभीएफबाट जन्मिएको बच्चा फरक प्रक्रितिको हुदै हुदैन । बरु गुणस्तरीय डिम्बा र शुक्रकिट गुणस्तरीय मिलन गराइने भएकाले यो प्रविधिबाट जन्मिएको बच्चा अझ स्वास्थ र स्मार्ट हुन्छ ।

आईभीएफ क्षेत्रमा सरकारले के गर्नुपर्ला ?

नेपालमा विदेशबाट पनि आईभीएफ गर्न आउने गरेका छन् । यसरी आईभीएफ गर्दा लामो समय बस्नुपर्ने भएकाले यससलाई मेडिकल टुरिजमको रुपमा पनि विकास गर्न सकिन्छ । यतातिर सरकारको ध्यान गएको पाइदैन । नेपालमा मेडिकल भिसा छैन भन्ने मैले सुनेको छु । यदि नेपाल सरकारले मेडिकले भिसाको व्यवस्था गर्ने हो भने मेडिकल टुरिजम राम्रो स्कोप रहेको पाइन्छ । सरकारले यतातिर ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij