ई–आर्थिक, हेटौंडा । हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरण केन्द्रीय वर्कसपमा आगलागी भएको छ । प्राधिकरणको पुरानो सामान राखेको गोदाममा गए राति आगलागी भएको हो ।
केन्द्रीय वर्कसप हेटौडा उपमहानगरपालिका–५ भैरवरोडमा रहेको छ ।
उक्त पुरानो सामान राखेको स्थानमा अचानक आगलागी भएको र क्षतिको विवरण यकिन नभएको प्रहरीको भनाई छ । आगलागी नेपाल प्रहरी, हेटौँडा उपमहानगरपालिकाको नगर प्रहरी, विद्युत् प्राधिकरणका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दुई वटा दमकलको सहयोगमा पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।