२०८३ साउन ११ सोमबार

नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय कार्यालय उद्घाटन, ‘राजनीतिक अस्थिरताले व्यवसायी मारमा छन्’ : शंकर पोखरेल

ई आर्थिक    मंगलबार, मंसिर ११ २०८१
3.4K
Shares
नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय कार्यालय उद्घाटन, ‘राजनीतिक अस्थिरताले व्यवसायी मारमा छन्’ : शंकर पोखरेल

ई–आर्थिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण निर्माण व्यवसायीहरू मारमा परेको बताएका छन् । काठमाडौँमा नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले निर्माण व्यवसायी मात्रै हैन् सबै व्यवसायी मारमा रहेको बताएका हुन् । उनले राजनीतिक अस्थिरताको कारण स्थायी सरकार बन्न नसक्दा निर्माण उद्योगमा समस्या परेको बताए ।

उनले हरेक तीनदेखि ६ महिनामा सरकार परिवर्तन हुने र बजेटमा निर्माण आयोजनाहरू आफू अनुकूल थप्ने तथा पुराना आयोजनाहरूलाई बजेट नहाल्ने हुँदा निर्माण क्षेत्रले भुक्तानीको समस्या भोग्नुपरेको उल्लेख गरे । उनले राजनीतिक स्थिरता हुँदा नीतिगत स्थिरतासँगै उद्योग व्यवसायमा समेत सकारात्मक असर पर्ने बताए ।

उनले नेपालको निर्माण लगायत उद्योग व्यवसाय क्षेत्रमा राजनीतिक अस्थिरताको कारण असर परिरहेको उल्लेख गरे । उनले देश बनाउनको लागि सबैले नयाँ ढंगले सोच्न आवश्यक रहेको पनि बताए ।

उनले नेपाली युवा बाहिर जाने र नेपालमा विदेशबाट आएर काम गर्ने वातावरण बनेको बताए । उनले यस्तो हुँदा बाहिर जाने युवाहरूले मुलुकमा रेमिट्यान्स ल्याए जस्तै नेपालको पैसा बाहिर जाने गरेको बताए ।

उनले मुलुकभित्र पर्याप्त मात्रामा सामर्थ्य भए पनि मुलुकको सामर्थ्य समान गर्न सक्ने राज्य कमजोर बनाइएको बताए । उनले राज्यसँग भिजन भएको नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायीत्व भए मात्रै देश बन्ने बताए । उनले नेकपा एमाले र नेपाली काँग्रेसले चाहेको खण्डमा मात्रै राजनीतिक स्थायित्व प्राप्त हुनसक्ने बताए । उनले पछिल्लो समय सत्य कुरा बताउँदा शंकर पोखरेलले दुई दलिय प्रणाली ल्याउन खोज्यो भनिएको बताए । उनले लोकतन्त्रमा एक वा दुई दलिय नहुने बताए । उनले लोकतन्त्रमा जसले पनि विकल्प दिन सक्ने बताए । उनले देश बनाउन जनता पनि देश बनाउने बाटोमा हिँड्न तयार हुनु पर्ने बताए ।

‘सरकार परिवर्तनसँगै कार्यक्रम र योजनाहरूमा बजेट नपर्ने, नयाँ आयोजनाहरू थग्ने र बजेट अभाव हुने गरेका छन् । नयाँ सरकार आउने बित्तिकै पुराना ठेक्का लागेका आयोजनाहरू कम बजेट दिने र नयाँ आयोजनामा छुट्याउने फेरि अर्को नयाँ सरकार आउने फेरि त्यस्तै गर्ने सिलिसिला राजनीतिक अस्थिरताको कारण भएको हो’, उनले भने, ‘जति सरकार परिवर्तन भए पनि धन्दा त्यही छ । नीतिगत स्थायित्वको आधार भनेको राजनीतिक स्थायित्वबाट हुन्छ । साना पार्टीका साथीहरूले चिन्ता गर्नु परेन । मन मिलेको पार्टीसँग मिल्दा हुन्छ ।’

उनले राजनीतिक दल,राजनीतिक नेतृत्वलाई गाली गरेर मात्रै देश नबन्ने उल्लेख गरे । उनले बदुलिय व्यवस्थापछि मुलुकमा राजनीतिक स्थायित्व अहिलेसम्म आउन नसकेको बताए ।

कार्यक्रम नेपाल निर्माण उद्योग परिषद्का अध्यक्ष बलि भद्र रानाको सभापतित्वमा भएको थियो ।

 

 

 

यसैबीच केन्द्रीय कार्यालय उद्घाटन गरेकै दिन केन्द्रीय कार्यसमितिको मिटिङ बस्यो । मिटिङले असोज २० गते बसेको बैठकक निर्णयहरु अनुमोदन गर्ने, कार्यालय स्थानान्तरण अनुमोदन र आर्थिक व्यवस्थापन तथा विस्तार, गठन गर्न बाँकी प्रदेश जिल्ला कार्य समिति लगायत जिल्ला प्रदेश इन्चार्ज जिम्मेवारी तोक्ने लगायतका निर्णयहरु पारित भएको महासचिव देउजाले जानकारी दिए ।

नेपाल निमार्ण उद्योग परिषद् निर्माण व्यवसायीहरुको छाता संगठन हो । यसमा एमाले आस्था राख्ने निर्माण व्यवसायीहरु सदस्य रहेका छन् । यो पार्टीको भातृ संस्था पनि हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij