२०८३ साउन ९ शनिबार

ताथली बचत तथा ऋण सहकारीद्वारा मल वितरण, ३०० परिवार लाभान्वित

ई आर्थिक    सोमबार, मंसिर ३ २०८१
6.9K
Shares
ताथली बचत तथा ऋण सहकारीद्वारा मल वितरण, ३०० परिवार लाभान्वित

ई–आर्थिक, काठमाडौं । भक्तपुरको ताथली, गोठालेचौरमा रहेको ताथली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई मल वितरण गरेको छ । संस्थाले १० किलो युरिया र ५ किलो डीएपी गरी प्रति सदस्य १५ किलोको दरले मल वितरण गरेको हो ।

हालसम्म वडा नं. ९  का स्थानीय र सदस्यहरुलाई गरी ३०० परिवारलाई मल वितरण गरिसकिएको संस्थाका अध्यक्ष एकबहादुर खत्रीले जानकारी दिए । सहकारीका अधिकांश बचतकर्ता किसान नै भएकाले उनीहरुले नै मल लिएर गएको उनले बताए ।

नगरपालिका र सीडीओ कार्यालयले तोकेको मूल्यमा नै संस्थाले मल विक्री गरिने गरेको उनको भनाई छ । मल विक्री वितरणमा घाटा नाफा नहेरिने पनि अध्यक्ष खत्रीले बताए ।

संस्थाले सदस्यहरुलाई विक्री वितरण गर्न ३७ बोरा डीएपी र ७३ बोरा युरिया विक्रीका लागि व्यवस्थापन गरेको थियो ।

‘संस्थाले ल्याएको ११० बोरा मल विक्री वितरण गर्ने हो ।’ अध्यक्ष खत्रीले भने– ‘लाइनमा बस्ने सदस्य बाहेकका स्थानीयलाई पनि छुटाएका छैनौं ।’

यो संस्थाको व्यापार नभई सेवा भएको पनि उनले बताए । ‘आज सार्वजानिक विदाका दिन अधिकांश कार्यालयहरु बन्द छन् ।’ अध्यक्ष खत्रीले भने– ‘विदाको दिनमा समेत मल वितरण गरेका छौं, स्थानीय र सदस्यहरुलाई संस्थाको अर्को थप सेवा पनि हो ।’

सरकारको फितलो व्यवस्थापनका कारण खेतीको सिजनमा किसानलाई प्रत्येक बर्ष मल प्राप्तीले सकस व्यहोर्नु परिरहेने गर्दछ । संस्थाले घर आँगनबाट मल लिने व्यवस्था गरिदिए पछि हातमा मलको झोला लिएर हिडिरहेको संस्थाका सदस्यहरु खुशी देखिन्थे ।

संस्थाले कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङमा रकम धरौंटी राखी मलको व्यवस्थापन गर्दै आएको छ । २०६७ सालदेखि सदस्यलाई मल वितरण गरिरहेको संस्थाले आगामी दिनमा समेत मल विक्री वितरणलाई निरन्तरता दिने जानकारी दिएको छ ।

ताथली बचत तथा ऋण सहकारी संस्था चाँगुनारायण क्षेत्रको चर्चित सहकारी मध्येको एकमा पर्छ । यसले सदस्यहरुलाई बचत तथा ऋणका साथै समयानुकुल अतिरिक्त सेवाहरु समेत दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij