२०८३ साउन ११ सोमबार

आयोगद्वारा उपनिर्वाचनमा ३८ निर्वाचन अधिकृतका कार्यालय तोकियो

ई आर्थिक    शुक्रबार, कार्तिक ३० २०८१
3.2K
Shares
आयोगद्वारा उपनिर्वाचनमा ३८ निर्वाचन अधिकृतका कार्यालय तोकियो

ई-आर्थिक, काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचको लागि  निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।  मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आयोगको उपनिर्वाचन कार्यतालिका बमोजिम मिति २०८१ कार्तिक ३० गते देशभर ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ वटा निर्वाचन अधिकृतको कार्यालय गरी जम्मा ३८ वटा निर्वाचन अधिकृतका कार्यालयहरू तोकिएको छ । उक्त निर्वाचन कार्यलयहरु  उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा स्थापना भएको आयोगको प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

आयोगका अनुसार  कार्यालय स्थापना भएपश्चात मिति २०८१ मंसिर २ गतेदेखि ५ गतेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ। आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम २०८१ मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्य प्रारम्भ भई  मंसिर ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको बताएको छ ।

यस्तै उपनिर्वाचन  मंसिर १६ गते विहान ७  बजेदेखि अपराह्न ५  बजेसम्म मतदान कार्य सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij