२०८३ साउन १० आइतबार

मितेरी सहकारीको रकम अनियमिततामा मुछिएका कांग्रेस उपसभापतिसँग प्रहरीले लियो कागजी बयान

ई आर्थिक    बिहिबार, कार्तिक २९ २०८१
4.2K
Shares
मितेरी सहकारीको रकम अनियमिततामा मुछिएका कांग्रेस उपसभापतिसँग प्रहरीले लियो कागजी बयान

ई–आर्थिक, काठमाडौं । ललितपुरमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङसँग कागजी बयान लिएको छ ।

धनराजसँग बुधबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म बयान लिइएको सीआईबीले जानकारी दिएको छ ।

उनीमाथि श्रीमती ज्योति गुरुङसँग मिलेर मितेरी सहकारीको रकम अनियमितता गरेको भन्दै सीआईबीमा उजुरीसमेत परेको छ । ज्योति महाप्रबन्धक रहेका बेला श्रीमान र श्रीमती मिलेर रकम हिनामिना गरेको आरोप लागेको छ । ज्योतिले १४ करोड ८१ लाख रकम दुरुपयोग गरेको र त्यसमा धनराजको पनि संलग्नता रहेको आरोप छ ।

धनराजमाथि छानबिनका लागि संसदमा समेत प्रश्न उठेको थियो । सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी विशेष छानबिन समितिले पनि गुरूङमाथि अनुसन्धान गरी शीघ्र कारबाही गर्न निर्देशन दिएको थियो ।

ज्योतिविरुद्ध भने रेड कर्नर नोटिस जारी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij