२०८३ साउन १२ मंगलबार

सिभिल सहकारीका पीडितले बचत दाबीको माग गर्ने ३५ दिने जारी सूचनाको समय सकियो, १६ सयले सात अर्ब बचत मागे

ई आर्थिक    मंगलबार, कार्तिक २७ २०८१
3.8K
Shares
सिभिल सहकारीका पीडितले बचत दाबीको माग गर्ने ३५ दिने जारी सूचनाको समय सकियो, १६ सयले सात अर्ब बचत मागे

ई–आर्थिक, काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका एक हजार ६०० पीडितले करिब सात अर्ब बचत माग गरेका छन्।

बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल सहकारी पीडितका लागि माग दाबीको निवेदन दिन जारी गरेको ३५ दिने सूचना सोमबार सकिएको थियो।

एक हजार ६०० पीडितले सात अर्ब दाबी गरेको समितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता प्रभात अधिकारीलेलाई जानकारी दिनुभयो।

सिभिल सहकारीलाई बागमती प्रदेश सरकारले २०८० भदौ २१ गते समस्याग्रस्त घोषणा गरेको थियो। प्रदेश सहकारी ऐन, २०७६ अनुसार सिभिललाई समस्याग्रस्त घोषणा गरेको थियो।

सिभिललाई समस्याग्रस्त घोषणा गरेपछि प्रदेश सरकारले २०८० पुस २२ गते समिति गठन गरेको थियो। समितिमा हाल अध्यक्षसहित तीन सदस्य छन्। बाँकी तीन सदस्य भने पदपूर्ति हुन बाँकी रहेको जनाइएको छ।

सहकारीका अध्यक्ष इच्छाराज तामाङ अहिले पनि जेलमा छन्। तामाङले सहकारीबाट रु सात अर्ब ऋण लिएको कागजातबाट देखिएको अध्यक्ष अधिकारीले बताउनुभयो। समितिले अनामनगरमा कार्यालय खोली गत असारदेखि काम सुरु गरेको छ। बागमती प्रदेश सरकारले यही कात्तिक ११ गते कीर्तिपुरको दर्शन सहकारीलाई पनि समस्याग्रस्त घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij