२०८३ साउन १० आइतबार

सगरमाथा जलविद्युतले ५ प्रतिशत लाभांश वितरण गर्ने

ई आर्थिक    शुक्रबार, कार्तिक ९ २०८१
6.7K
Shares
सगरमाथा जलविद्युतले ५ प्रतिशत लाभांश वितरण गर्ने

ई-आर्थिक, काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने  लाभांश घोषणा सहित साधारण सभा बोलाएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सो प्रस्ताव पारित गर्न कम्पनीले मंसिर १४ गते, शुक्रबार, स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा चौथो वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २६ गते, सोमबार बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij