२०८३ साउन ११ सोमबार

वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा न्यायाधीश नियुक्ति गर्ने प्रधानन्यायाधीश राउतको प्रतिवद्धता

ई आर्थिक    मंगलबार, कार्तिक ६ २०८१
3.6K
Shares
वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा न्यायाधीश नियुक्ति गर्ने प्रधानन्यायाधीश राउतको प्रतिवद्धता

ई–आर्थिक, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीश नियुक्ति गर्दा योग्यता, क्षमता र वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा गरिने बताउनुभएको छ । पूर्व न्यायाधीश फोरमबाट आयोजना भएको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले न्यायालयका काम कारवाहीहरु पारदर्शी हुनु पर्ने बताउनु भयो । उहाँले अदालतमा हुने गतिविधि र काम कारवाही के कसरी चलेका छन् भन्ने जस्ताको तस्तै सर्वसाधारण जनताले बुझ्ने गरी सम्प्रेषण गर्न संचारकर्मीलाई आग्रह समेत गर्नुभयो।

कार्यक्रममा पूर्वन्यायाधीश फोरम नेपालका अध्यक्ष टोपबहादुर सिंहले न्यायाधीश नियुक्ति प्रकृयामा तत्काल हस्तक्षेप गरी कानून सम्मत ढङ्गले सक्षम योग्य र इमान्दार व्यक्तिलाई न्यायाधीश नियुक्ति गर्नुपर्ने, विवादित न्याय परिषद नियमावलीमा भएका विवादहरुको उपयुक्त समाधान गरेर मात्र उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्नु पर्ने बताउनुभयो । यस्तै राष्ट्रिय महत्व एवम् संवेदनशील विवादलाई प्राथमिकता दिइ शीघ्रातिशीघ्र मुद्दाको फैसला हुनुपर्ने पनि बताउनुभयो ।

कार्यक्रममा पूर्व न्यायाधीश फोरमका सचिव पूर्वन्यायाधीश युवराज सुवेदीले मुद्दाको संख्या कम गर्न मेलमिलाप सम्बन्धी प्रकृयालाई सबै तहका अदालतले मेलमिलाप सम्बन्धी वातावरण बनाउनु पर्ने बताउनुभयो। कार्यक्रममा सर्वोच्च अदालतका र उच्च अदालतका पूर्व न्यायाधीशहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij