काठमाडौं । सरकारले एकैपटक ४० जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ४० जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
सरकारले योजना आयोगका अब्बल सहसचिव राजेश्वर ज्ञवालीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ । हाल उद्योग मन्त्रालयमा पठाइएका ज्ञवालीलाई उद्योग विभागको महानिर्देशक बनाउने संभावना रहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । विभागका महानिर्देशक यज्ञराज कोइरालालाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।
त्यस्तै भूमि व्यवस्थापन तथा अभिलेख विभागमा महानिर्देशक कृष्णप्रसाद सापकोटालाई पनि राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।
त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेका विष्णुप्रसाद ज्ञवालीलाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ ।
सह–सचिवहरु तोयानारायण सुवेदी, दीर्घबहादुर पोखरेल, विनोदबहादुर खड्कालाई गृह मन्त्रालयमा ल्याइएको छ
जितेन्द्र बस्नेत गृह मन्त्रालयबाट उद्योग मन्त्रालयमै पुगेका छन्। उद्योग मन्त्रालयका जीवलाल भुसाललाई श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।
कोषहरि निरौला गृह मन्त्रालयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जिम्मेवारी पाएका छन् । सञ्चार मन्त्रालयमा बाबुराम भण्डारीलाई लुम्बिनीको मन्त्रिपरिषद कार्यालयमा पठाइएको छ ।
रुद्रसिंह तामाङलाई अतिरिक्त समूहबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जिम्मेवारी दिइएको छ ।