२०८३ साउन १० आइतबार

रुपन्देहीबाट ४ सय ७१ बोरा अवैध चिनी बरामद

ई आर्थिक    सोमबार, कार्तिक ५ २०८१
2.5K
Shares
रुपन्देहीबाट ४ सय ७१ बोरा अवैध चिनी बरामद

ई-आर्थिक,रुपन्देही।  भारतबाट अवैध रूपमा तस्करी गरेर नेपाल भित्र्याइएको ठुलो परिमाणमा चिनी रुपन्देहीको भैरहवाको गोदामबाट बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देही र भैरहवा भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार सिद्धार्थनगर नगरपालिकाका–४ स्थित सुगरमिल क्षेत्रबाट तस्करी गरेर भित्र्याइएको चिनी बरामद गरेको हो ।

अवैध रूपमा दुई वटा घरको गोदाम बहालमा लिएर भण्डारण गरिएको चार सय ७१ बोरा (२३५५० किलो) चिनी बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देहीका प्रमुख डिएसपी चन्द्रकुमार थापाले जानकारी दिए ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार बरामद चिनीको करिब १५ लाख मूल्य बराबरको रहेको बताए । बरामद चिनी आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij