२०८३ साउन १० आइतबार

दुईवटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज

ई आर्थिक    सोमबार, कार्तिक ५ २०८१
7.1K
Shares
दुईवटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज

ई–आर्थिक, काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले दुई इन्टरनेट सेवा प्रदायकको इजाजतपत्र (लाइसेन्स) खारेज गरिदिएको छ । इमेलसहितको सेवा दिने सीडाटा कम्युनिकेस र लाइफ नेटको लाइसेन्स प्राधिकरणले खारेज गरेको हो ।

एक सूचना प्रकाशन गर्दै प्राधिकरणले ती दुई वटा इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज भएको जनाएको छ । लाइफ नेटले प्राधिकरणबाट २०७६ भदौ ३० गते अनुमति पाएको थियो ।

यता, सी डाटा कम्युनिकेसनले भने २०७६ माघ १९ गते अनुमति पाएका थियो । तर, समयमा नै अनुमतिपत्र नवीकरण नगराएको र तोकिएको दस्तुर नतिरेपछि प्राधिकरणले ती सेवा प्रदायकको लाइसेन्स खारेज गरिदिएको हो । नेपाल दूरसञ्चार प्राधिकरण ऐन २०५३ को दफा २५ ९५० अनुसार इजाजतपत्र खारेज भएको सूचनामा उल्लेखछ ।

सी. डाटा कम्युनिकेसनले शर्त बमोजिम सेवा संचालन नगरेको सूचनामा उल्लेख छ।

प्राधिकरणले लाइफ नेटलाई भने सूचना प्रकासित भएको ३० दिन भित्र नेपाल दूरसञ्चार प्राधिकरणसमक्ष सम्पर्कमा आउन पनि सूचित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij