२०८३ साउन १० आइतबार

सुन र चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, अन्तर्राष्ट्रिय घटनाक्रम मूख्य कारक

ई आर्थिक    सोमबार, कार्तिक ५ २०८१
7K
Shares
सुन र चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, अन्तर्राष्ट्रिय घटनाक्रम मूख्य कारक

ई–आर्थिक, काठमाडौं । सुनसँगै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुन चाँदीको मूल्य बृद्धि भई लगातार नयाँ रेकर्ड बनाइरहेको हो ।

सुन तोलामा ६ सय रुपैयाँ महँगिएर सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ६ रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ६५ हजारमा रहेकोमा ६ सय बढेर १ लाख ६५ हजार कायम भएको हो ।

सुन जस्तै चाँदीको मूल्य पनि बृद्धि भई नयाँ रेकर्ड बनाएको छ । चाँदी प्रतितोला २०९५ रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २०७५ रुपैयाँ थियो ।

सुन चाँदीको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय कारण रहेको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्य आकाशिएपछि सोहीअनुसार मूल्य समायोजन हुँदा नेपालमा सुनचाँदीको भाउ बढेको हो ।

यतिबेला प्रमुख दुई कारणले सुनको भाउ बढाएको छ । पहिलो– मध्यपूर्वी युद्ध र दोस्रो– अमेरिकी चुनावको नतिजापछि आउन सक्ने अनिश्चितता ।

‘जब जब अन्तर्राष्ट्रिय तनाव र द्वन्द्व बढ्न थाल्छ, त्यसले सुनको माग ह्वात्तै बढाउने गरेको छ । यतिबेला मध्यपूर्वी युद्धको तनाव छ,अर्कोतिर अमेरिकी राष्ट्रपतिको चुनावपछि बढ्न सक्ने अनिश्चितताले लगानी सुनतिर मोडिएको अनुमान लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij