२०८३ साउन १० आइतबार

मीनबहादुरले दिएको जग्गा दानको विरुद्धमा अभिव्यक्ति दिने भीम रावल, विन्दा पाण्डे र उषकिरण तिमल्सिनालाई स्पष्टीकरण

ई आर्थिक    आइतबार, कार्तिक ४ २०८१
8K
Shares
मीनबहादुरले दिएको जग्गा दानको विरुद्धमा अभिव्यक्ति दिने भीम रावल, विन्दा पाण्डे र उषकिरण तिमल्सिनालाई स्पष्टीकरण

ई–आर्थिक, काठमाडौं । नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावलसहितका नेताहरुलाई स्पष्टीकरण सोध्ने भएको छ ।

आइतबार साँझ पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले पार्टीको निर्णयबिरुद्ध गई अभिव्यक्ति दिने नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका महासचिव शंकर पोखरेलले लामो समय पार्टी नीतिसँग असहमत राखेर पार्टीको निर्णय र आचरण विपरित विचार राखेको भन्दै पार्टीका पूर्वउपाध्यक्ष रावललाई स्पष्टीकरण सोधिएको बताए।

पार्टीको केन्द्रिय कार्यालय भवन निर्माणका सन्दर्भका बारेमा चलिरहेका छलफल र बहसहरुमा पार्टी निर्णयको विरुद्धमा जाने दलका नेताहरुलाई दलका तर्फबाट स्पष्टीकरण सोध्ने निर्णय गरिएको उनले सुनाए ।

उनले पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रिय सदस्य उषाकिरण तिमल्सिनाले पार्टी निर्णय विपरित सार्वजनिक रुपमा अभिव्यक्ति दिएको प्रति पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij