२०८३ भाद्र २९ सोमबार

नेवारहरुको संस्कारलाई एकरुपता ल्याउन सहयोगी नेपाल भाषाको पुस्तक विमोचन

ई आर्थिक    आइतबार, कार्तिक ४ २०८१
11.4K
Shares
नेवारहरुको संस्कारलाई एकरुपता ल्याउन सहयोगी नेपाल भाषाको पुस्तक विमोचन

ई–आर्थिक, काठमाडौं । नेवारहरुले आफ्नो जीवनमा गर्नु पर्ने बिबिध संस्कारहरु गर्दा मार्गदर्शन प्रदान गर्नुका साथै एकरुपता ल्याउने हेतुले स्व. बलदेव जुजू द्वारा नेपाल भाषामा लिखित पुस्तक ‘नेवाः संस्कार व उकिया विधि’लाई दया फाउन्डेसनले नेपाली र अंग्रेजी भाषामा उल्था गर्न लगाई प्रकाशन गरेको छ ।

त्यसैगरी यस अनुवादित पुस्तकको साथसाथै दया फाउन्डेसनको संस्कृति क्षेत्रमा गरेका विभिन्न गतिविधिहरूको बारेमा प्रकाशित गरिएको स्मारिका पुस्तक ‘कल्चर थ्रू दी आइज अफ युथ’ पुस्तकको विमोचन काठमाण्डौ महानगरपालिकाका उप मेयरसुनिता डंगोलले आज एक समारोहका वीच गर्नु भयो ।

‘नेवाः संस्कार व उकिया विधि’ पुस्तकको नेपालीमा अनुवाद सञ्जय शर्मा राजोपाध्याय र अङ्ग्रेजी भाषामा अनुवाद आभास धरनन्द राजोपाध्यायले गर्नु भएको थियो । यस पुस्तकलाई देश विदेशमा सजिलै पुर्याउने संस्थाको वेबसाइट www.dayafoundation.org.np मार्फत डाउनलोड पनि गर्न सकिने छ ।

उक्त समारोहमा नेवा संस्कृति अनुसार समय् बजी पनि सजाएर राखिएको थियो र नेपालका लागि नर्वे का राजदूत महामहिम टोरुन द्रमदल संग संगै काठमाण्डौ महानगरपालिका वडा नं १८ का अध्यक्ष न्हुच्छे काजी महर्जन, वडा नं १९ का अध्यक्ष राजेशकुमार श्रेष्ठ, वडा नं २० का अध्यक्ष राजेन्द्र मानन्धर, वडा नं २२ का अध्यक्ष चीनी काजी महर्जन, वडा नं २३ का अध्यक्ष मचा राजा महर्जन, त्रिभुवन विश्वविद्यालयका उप कुलपति तथा जापानका लागि नेपाली पूर्व राजदूत केदार भक्त माथेमा लगायत बाक्लो जन उपस्थिति थियो ।

नेवा संस्कृति एक सम्वृद्ध संस्कृति भएको र आज विमोचित पुस्तकले देश विदेशका नेवारहरुको संस्कारमा एकरुपता ल्याई नेवारहरुलाई एकिकृत गर्न सहयोग पु¥याउने कुरा कार्यक्रमका प्रमुख अतिथि तथा काठमाडौं महानगरपालिकाका उप मेयर सुनिता डंगोलले बताउनु भयो ।

विमोचित पुस्तकले नेवारहरुको संस्कारमा मार्गदर्शन प्रदान गर्नुका साथै दया फाउन्डेसन समाजसेवी स्व.दयाराम भक्त माथेमा कै पाईला पच्छ्याई यस्तै लोक उपयोगी सामाजिक कार्यहरु गर्दै जाने कुरा दया फाउन्डेसनका संस्थापक अध्यक्ष तथा संस्कृति क्षेत्रलाइ नेतृत्व गरी राख्नु भएका निभा माथेमा प्रधानले भन्नु भयो ।

दया फाउण्डेशन समाजसेवी स्व.दयाराम भक्त माथेमाको स्मृतिमा वहाँको परिवारद्वारा पारिवारिक ट्रस्टको रुपमा समाजसेवाको लागी सन् २००९ मा स्थापित संस्था हो जसको तीन मूलभूत उद्देश्यमा शिक्षा, स्वास्थ्य र संस्कृति पर्दछ ।

कार्यक्रम दया छेँ, ओम बहालमा आयोजना गरिएको थियो । सय वर्ष भन्दा पनि पुरानो दया छँे स्व.दयाराम भक्त माथेमाको पुख्र्यौली नेवारी शैलीको घर हो जुन वि.स. २०७२ को महाभुकम्पले क्षति भई जीर्णोद्धार गरी पुरानै स्वरूपमा ल्याइएको भवन हो । नेवारहरुको जीवनशैलीलाई झल्काउने उक्त घर सांस्कृतिक कार्यक्रमहरुका लागि निःशुल्क नै उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij