२०८३ साउन ११ सोमबार

रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै

ई आर्थिक    आइतबार, कार्तिक ४ २०८१
2.6K
Shares
रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै

ई-आर्थिक, पोखरा । सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।

सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा शुक्रबार पक्राउ परेका निजलाई सोही दिन राति पोखरा ल्याएर जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासतमा राखिएको हो  ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई आज अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गरिँदै छ । उनलाई  शुक्रबार काठमाडौंबाट पक्राउ गरी स्थलमार्गबाट  प्रहरीले कास्की ल्याएको थियो । लामिछानेलाई प्रहरीले अदालत पेस गर्ने तयारी हुदाँ  प्रहरीले सूरक्षा व्यवस्था कडा पारेको छ ।

सभापति लामिछानेको पक्राउ विरुद्द रास्वपका नेता तथा कार्यकर्ताहरुले विरोध प्रर्दशन गर्ने तयारी गरेका छन् ।

अहिले  पोखरामा सभापतिको पक्राउ विरुद्द  रास्वपाले विरोध प्रर्दशन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij