२०८३ असोज २ शुक्रबार

शिखर इन्स्योरेन्सको सीईओमा दिप प्रकाश पाण्डे पुन: नियुक्त

ई आर्थिक    आइतबार, कार्तिक ४ २०८१
6.1K
Shares
शिखर इन्स्योरेन्सको सीईओमा दिप प्रकाश पाण्डे पुन: नियुक्त

ई-आर्थिक, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सीईओमा दिप प्रकाश पाण्डे पुन: नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असोज १ गते बिहिबारका दिन बसेको बैठकले पाण्डेलाई आगामी चार बर्षका लागि पुन: सीईओ नियुक्त गरेको हो ।

पाण्डेकै अगुवाईमा स्थापना भएको शिखर इन्स्योरेन्स कम्पनी निर्जीबन बीमा व्यवसायको पायोनियर कम्पनी हो । उनकै नेतृत्वमा शिखरले सर्वाधिक बीमा शुल्क आर्जनदेखि अन्य सूचकहरुमा पनि आफुलाई एक नम्बरमा उभ्याउन सफल भएको छ ।

बीमा क्षेत्रमा तीन दशक भन्दा लामो अनुभव भएका पाण्डेलाई आगामी चार वर्षका लागि नियुक्त गरिएको हो । २०६१ साल मंसिर २ गतेदेखि सञ्चालनमा आएको शिखर इन्स्योरेन्स कम्पनीको स्थापनाकालदेखि नै पाण्डे सिईओमा कार्यरत छन् ।

उनले कम्पनीलाई विगत एक दशक भन्दा लामो समयदेखि हरेक सूचकमा नम्बर वानमा ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गर्दै आइरहेका छन् । उनको कार्यकाल थप गर्ने प्रस्तावलाई बीमा प्राधिकरणले भने स्वीकृति दिन बाँकी छ ।

बीमा ऐन २०७९ को दफा ५७ को उपदफा २ मा प्रमुख कार्यकारी अधिकृतको कार्यकाल पुनः एक पटक थप गर्न सकिने व्यवस्था छ । बीमा ऐन २०७९ असोज २३ गतेदेखि लागु भएको हुँदा विद्यमान ऐनको व्यवस्था बमोजिम कम्पनीले एक कार्यकाल थप गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij