२०८३ साउन ११ सोमबार

शिवम् होल्डिङस् लिमिटेडले ११ करोड ६० लाख नगद लाभांश वितरण गर्ने

ई आर्थिक    बिहिबार, कार्तिक १ २०८१
5.4K
Shares
शिवम् होल्डिङस् लिमिटेडले ११ करोड ६० लाख नगद लाभांश वितरण गर्ने

ई-आर्थिक, काठमाडौं । शिवम् होल्डिङस् लिमिटेडले  ११ कराेड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । शिवम् होल्डिङस् लिमिटेडले आ. व. २०८०।०८१ को बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।   कम्पनीको साधारण  सभाले कम्पनीमा हाल कायम शेयर धनीहरुलाई ११ कराेड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे हो  । शिवम् सिमेन्ट्स लिमिटेडको करिव ८५ प्रतिशत शेयर लगानी रहेको सहायक कम्पनी हो ।

शिवम् होल्डिङसका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा बसेको बार्षिक साधारण सभाले आ. व. २०८०।०८१ को बार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन विवरण पारित गरेकाे छ । कम्पनीको आ. व. २०८१।०८२ को लेखापरक्षिण गर्न लेखापरक्षिकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धि कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेका सबै प्रस्तावहरु माथि छलफल गरी साधारण सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ ।

शिवम् हाेल्डिङ्स लिमिटेड कम्पनीले नेपालकै सबैभन्दा ठूलो उत्पादन क्षमता भएको चिनीयाँ विदेशी लगानी समेतबाट स्थापना भई पूर्ण क्षमतामा संचालनमा रहेको होड.शी शिवम्सिमेन्ट प्रा. लि. को उद्योगमा ३० प्रतिशत शेयर लगानी गरेको छ । उक्त उद्योगका अलावा अन्य पूर्वाधार निर्माण र जल विद्युत परियोजनाहरुमा समेत लगानी गर्नका लागि प्रारम्भिक सम्झौता गरी लगानी विस्तार र लगानी विविधिकरणका योजनाहरु अगाडी बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij