२०८३ साउन ११ सोमबार

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदै कारोबार ?

ई आर्थिक    बुधबार, असोज ३० २०८१
1.2K
Shares
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदै कारोबार ?

ई-आर्थिक, काठमाडौं । लगातार दुईदिनदेखी सुनको मूल्य बढेको छ । नेपाली बजारमा आज बुधबार  सुन र चाँदीको बढेको छ  । आज सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको हो  । सुनको मूल्य मंगलबार १४ सय रुपैयाँले बढेको थियो ।

दुई दिनमा सुनको मूल्य  प्रतितोला २७ सय रुपैयाले बढेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेकाे छ । सुनकाे याे मूल्य हालस्ममकै उच्च हाे। यसअघि असोज १८ गते सुनकाे मूल्यले रेकर्ड बनाएकाे थियाे । साे दिन छापावाला सुन प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा काराेबार भएको थियो ।

त्यस्तै, यस दिन चाँदी प्रतितोला २५ रुपैयाँले बढेर एक हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा चाँदी तोलाको एक हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij