यज्ञ कार्की, संखुवासभा । प्राकृतिक सुन्दरताले भरिपूर्ण गुफापोखरी पर्यटहरुको रोजाइमा पर्दछ । धार्मिक तथा पर्यटकीय क्षेत्र गुफापोखरी पर्यटनहरुको रोजाइमा पर्दै गएको हो । संखुवासभाको चैनपुर नगरपालिका १ मा अवस्थित गुफापोखरी आन्तरिक र बाह्य पर्यटकोलागि गन्तव्य बन्दै गएको छ । समुन्द्र सतहबाट यो पोखरी २८ सय ९० मिटरमा उचाइमा रहेको छ ।
यो पोखरीको इतिहास हेर्दा गुफा पोखरी नयाँ नाम हो । यो २० औं शताब्दीमा यस क्षेत्रका पहाड वरपरका गुफाहरूमा ध्यान गर्ने विश्वास गर्ने पुजारीहरूले यसलाई नयाँ नाम दिएको बताइन्छ । पहिले यसलाई “सिद्ध मार्ग” पोखरी भनिन्थ्यो। गोरखाको मनकामना मन्दिर जस्तै यो पोखरीले तपाईको मनोकामना पूरा गर्छ भन्ने स्थानीयको विश्वास रहेको पाइन्छ । गुफापोखरी “नेपालको रोडोडेन्ड्रन (लालीगुराँस )को राजधानी” भनेर चिनिने गर्दछ । यो क्षेत्र तिनजुरे मिल्के जलजले ट्रेलको सबैभन्दा लोकप्रिय गन्तव्य हो। यस क्षेत्रमा नेपालमा पाइने ३२ मध्ये २८ वटा लालीगुराँस प्रजातिको सबैभन्दा बढी संख्या रहेको छ। त्यहाँ अन्य धेरै फूल र बोटबिरुवाहरू, चराहरूको प्रजाति, स्तनपायीका प्रजातिहरू र स्पष्ट दिनमा मकालु, कञ्चनजङ्घा र सगरमाथाको दृश्यहरू छन्
यस क्षेत्र बाह्रैमहिना चिसो हुनाले यहाँको हावापानी स्वच्छ रहेको छ । सायै यहाँ विभिन्न प्रजातिका जडीबुट्टी साथै गुराँसपाइने भएकाले लालीगुँरासको राजधानीले पनि चिनिन्छ । संखुवासभा चैनपुर नगरपालिकामा रहेको गुफापोखरी यतिखेर पर्यटनकोहरुको गन्तव्य बन्दैछ । गुफापोखरी तीन जिल्लाको संगम स्थल संखुवासभा, ताप्लेजुङ र तेर्हथुम जिल्लाको सिमानामा रहेको छ। धार्मिक मान्यता रहेको पोखरीबाट देखिने वरिपरिका हरिया फाँटहरु डाँडाकाँडा बुट्यानहरु छेउमै देखिने मकालु, कन्चनजङ्गा हिमाल सबैको मन लोह्भाएको छ
साथै चैत, बैशाखमा ढकमक्क फूल्ने लालिगुराँसको मनमोहक दृय्य हर्ने देश तथा बिदेशबाट बर्षको लाखौं पर्यटन आउने गर्दछन । ४० घरधुरी रहेको गुफा पोखरी बजार ऐतिहासिक बजार रहेको छ यहाँ आउने पर्यटनको लागि खाना बस्नको लागि प्रसस्त मात्रमा होटल तथा रेस्टुरेन्टहरु छन् ।
समुन्द्र सतहबाट २,८९० मिटर उचाइमा रहेको यस पोखरीमा १२ महिना आन्तरिक तथा वाहय पर्यटनको घुईचो लाग्ने गर्दछ । यहाँका स्थानीयहरु गाईबस्तु चौरीबाट उत्पादन गरेको छुर्पी देश तथा बिदेश मा निर्यात गरि बर्षको लाखै आम्दानी गर्ने गर्दछन ।
यहाँको आम्दानीको मूख्य स्रोत पर्यटन रहेको छ । होटल व्यावसाय दिन प्रतिदिन फस्टाएको छ भने सडक स्तरउन्नति, बाटो स्वास्थ शिक्षा पनिदिन प्रतिसुधारमा बढ्दै गएको छ
गुफापोखरी महत्व र यसको इतिहास हेर्दा सत्ययुगमा महादेव र पार्वती मेन्छाम डाडामा धाननाचेर तिर्खाएर तिर्खा मेटाउन यसपोखरीमा आएको भन्ने किम्बदन्ती रहेको छ । साथै यस क्षेत्रमा एकजोडी नाग आएर र स्नान गरेको भन्ने स्थानीयको भनाइ रहेको पाइन्छ । साथै यहि पोखरीमा नागनागिनी बसेको हुनाले यस पोखरीमा पूजापाठ फलफूल दूध नैबेत चडाएमा जोकोहिको पनि मनोकाङक्षा पूरा हुने विश्वास छ । साथै यहाँ दर्शन गर्नले चिताएको काम सिद्द हुनेभएकोले जोकोहि पर्यटन देश तथा बिदेश बाट आउने गर्छन् । गुफापोखरीको पानी कहिलै धमिलो हुदैन् । सधैं कन्चन रहने पोखरीमा झरेका पातहरु चराले टिपेर लाने गर्छन्
“देशमा ठूलाठूला धटना बाढीपहिरो, भुकम्प जस्ता प्रकृतिक विपति आउनुपूर्व भने पोखरीले आवज दिने जनविश्वास रहेको स्थानीय हरिहरि प्रसाद खनालले बताए ।

पर्यटन क्षेत्र रुपमा रहेको यस पोखरी संरक्षणको प्रखाइ रहेको छ । स्थानीय र प्रदेश सरकारले खासै चासो नदिएकोले यस क्षेत्र पछि ओझेलमा परेको हो । सरकारले चासो देखाए लाखौं लाख पर्यटन भित्राउन सकिने सम्भावना रहेको छ । साथै यँहाको जनताको आर्थिक स्रोत सहज बनाउने माध्यम यो क्षेत्र हुन् सक्छ । त्यसैले यस क्षेत्रको संरक्षण र प्रचारप्रसारमा हुन जोडदिनु पर्ने बताउछन् वडा १ का अध्यक्ष बुद्धिमान लिम्बु ।
यो क्षेत्रको समस्या बाटो हो । गुफापोखरीमा पानी सुक्दै गएको कारणले यसको संरक्षण गर्न संघ तथा प्रदेश सरकारबाट ५० लाख बजेट बिनियोजन गरेको छ । पोखरीको पानीको समस्या निराकरण गर्ने लिफ्टिङ प्रणाली राख्ने योजना रहेको बताउछन् वडाअध्यक्ष लिम्बु।
मंसिर, पुस माघको समयमा यस क्षेत्रमा बढी चिसो तथा हिँउ पर्ने भएको हुदाँ आन्तरिक तथा बाहय पर्यटको संख्या बाक्लो हुने गुफापोखरी बजार टोल समितिका अध्यक्ष भिम कुमार तामाङले ई- आर्थिकलाई जानकारी दिए । उनी भन्छन् यस क्षेत्रमा सिजनको बेलामा पर्यटकहरुबाट वार्षिक ५० लाखभन्दा बढि आम्दानी हुने गरेको छ ।