ई- आर्थिक, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १४ सय रुपैयाँले बढेको हो ।
दशैंको बिदापछि आज सुनको मूल्य तोलामा १४ सयले बढेर छापावाल सुन तोलाको एक लाख ६० हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत असोज २३ गते छापावाल सुन प्रतितोला एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको हो ।