२०८३ साउन १० आइतबार

प्रतिष्ठित व्यवसायी तथा समाजसेवी प्रकाशसिंह कार्कीलाई वर्ल्ड बुक रेर्कड लण्डनको अवार्ड

ई आर्थिक    बिहिबार, असोज २४ २०८१
6.6K
Shares
प्रतिष्ठित व्यवसायी तथा समाजसेवी प्रकाशसिंह कार्कीलाई वर्ल्ड बुक रेर्कड लण्डनको अवार्ड

ई–आर्थिक, काठमाडौं । नेपालका प्रतिष्ठित व्यवसायी मध्येका एक व्यवसायी तथा समाजसेवी प्रकाश सिंह कार्कीलाई वर्ल्ड बुक रेर्कड लण्डनले अवार्ड प्रदान गरेको छ । समाजमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै उक्त संस्थाले कार्कीलाई अवार्ड प्रदान गरेको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच कार्कीलाई ‘सामाजिक कार्यकर्ता’ अवार्ड प्रदान गरेको हो ।

संस्थाका लण्डनप्रतिनिधिहरुले काठमाडौंमा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको विशेष उपस्थितीमा समाजसेवी कार्कीलाई अवार्ड प्रदान गरेकोे थियो । सो अवार्डले आफुलाई समाजसेवामा जिम्मेवारी थपिएको कार्कीले बताउनुभयो ।

आफूलाई अवार्ड प्रदान गर्ने संस्थाको बारेमा समाजसेवी कार्कीलाई थाहा नभएको समेत प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो,“मलाई यो संस्थाको बारेमा थाहा पनि थिएन, जब मलाई फोन गरेर तपाईलाई हामी अवार्ड प्रदान गर्दै छौँ भनेर भन्नुभयो, त्यतिखेर मात्रै थाहा भयो, समाजमा सकेको योगदान गर्न सकियो भने देशले मात्र नभई विश्व समुदायले समेत मुल्यांकन गर्ने रहेछ ।’ आत्मसन्तुष्टिका लागि गरिएको समाजिक कार्यमा आफूले पु¥याएको योगदानले विश्व समूदाय समेतले मूल्यांकन गरेको आभास मिलेको उहाँको भनाई थियो ।

आफु व्यवसायका अतिरिक्त निरन्तर राजनीति र समाजसेवामा रहेकाले समाजमा आफुले सकेको योगदान गर्न थप दत्तचित्त भएर अघि बढ्ने समाजसेवी कार्कीले बताउनुभयो ।

सामाजिक कार्यमा निरन्तर अग्रसर कार्की विभिन्न आर्थिक तथा सामाजिक संस्थामा आबद्ध हुनुहुन्छ ।

कार्गो तथा पर्यटन क्षेत्रमा लामो समयदेखि क्रियाशिल कार्की नेपाल फ्रेड फरवार्डर्र्स एशोसिएसन (नेफा)को पुर्वअध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व कार्यकारी सदस्यसमेत रहि आफ्नो सफल भूमिका निर्वाह गरिसक्नुभएको छ ।
त्यस्तै अन्य विभिन्न सामाजिक संघ/संस्थाको महत्वपूर्ण पदमा रहेर कार्य गरिरहनुभएका कार्की गएको निर्वाचनमा नेपाली कांग्रेस प्रदेश सभा सदस्यको उम्मेद्वारसमेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij