२०८३ साउन १२ मंगलबार

सङ्खुवासभा–भोजपुर अलैँची सुपर जोन सञ्चालक समितिको संयोजकमा पासाङ शेर्पा, ९ सदस्यीय अन्य सञ्चालकमा को–को

ई आर्थिक    बिहिबार, असोज २४ २०८१
4.1K
Shares
सङ्खुवासभा–भोजपुर अलैँची सुपर जोन सञ्चालक समितिको संयोजकमा पासाङ शेर्पा, ९ सदस्यीय अन्य सञ्चालकमा को–को

यज्ञ कार्की, सङ्खुवासभा । सङ्खुवासभा–भोजपुर अलैँची सुपर जोन सञ्चालक समितिको संयोजकमा पासाङ शेर्पा सर्वसम्मत चयन भएका छन् । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा भएको अलैँची सुपर जोन सञ्चालक समन्वय समितिको बैठकले शेर्पाका संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो । सङ्खुवासभा र भोजपुर दुई जिल्ला जोडेर गत साउन महिना देखि अलैचीं र सुन्तलालाई सुपर जोन कार्यक्रम घोषणा गरिएको थियो ।

शेर्पा संयोजक रहेको उक्त समितिमा भोजपुर जिल्लाबाट ४ जना र सङ्खुवासभाबाट ५ सहित ९ सदस्यीय अलैँची जोन सञ्चालक समिति गठन भएको हो ।

यो प्रधानमन्त्री कृषि परियोजना इकाई अन्तर्गतको समिति हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सङ्खुवासभाका अनुसार समितिको सदस्यहरुमा सङ्खुवासभाका रामलाल भोटे,दिनेश राई,लक्ष्मी राई,बविता विश्वकर्मा र भोजपुरका चन्द्रकला विष्ट, दत्तराम राई,गुणराज राई र रिकमान तामाङ चयन भएका छन् । विधान र निर्देशिका अनुसार नै सुपर जोन सञ्चालक समिति गठन गरिएको हो ।

अलैँची सुपर जोन सञ्चालक समितिको कार्यकाल २ वर्ष रहने प्रावधान छ ।

अलैचीँ खेती बिस्तार गर्दै कृषकले उत्पादन गरेको अलैँचीको बजारिकरण र प्रशोधन कार्यलाई प्राथमिकता समेत राखेको छ । कृषिमा आधुनिक प्रविधि भित्र्याएर आत्मनिर्भरता बढाउने उद्देश्यले ६ वर्षयता परियोजना सञ्चालनमा ल्याइएको हो ।

अलैंची सुपर जोन २३ सय १३ हेक्टरमा र सुन्तला सुपर जोन तर्फ ६ सय ८७ हेक्टरमा सुपर जोन कार्यक्रम सञ्चालनमा छ । अलैंची सुपर जोन कार्यक्रम सङ्खुवासभाका १० स्थानीय तहका ३६ वडा र भोजपुरका ६ स्थानीय तहका ३० वडामा सञ्चालन भइरहेको छ ।

परियोजनाका लागि आगामी यो बर्ष पुँजीगत तर्फ २० लाख रुपैयाँ र चालु तर्फ ४ करोड ४७ हजार बजेट विनियोजन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाईले अलैचीं, सुन्तला,धान,मकै, गँहु, आलु तरकारी, माछा लगायतका कृषि क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij