२०८३ साउन १० आइतबार

विश्व बैंकद्वारा नेपाललाई २० अर्ब रुपैयाँ बराबरको आकस्मिक आर्थिक सहयोगको घोषणा

ई आर्थिक    बुधबार, असोज २३ २०८१
6.6K
Shares
विश्व बैंकद्वारा नेपाललाई  २० अर्ब रुपैयाँ बराबरको आकस्मिक आर्थिक सहयोगको घोषणा

ई- आर्थिक, काठमाडौं । विश्व बैंकले नेपाललाई १५० मिलियन अमेरिकी डलर अर्थात नेपाली २० अर्ब रुपैयाँ बराबरको आकस्मिक  आर्थिक सहयोगको घोषणा गरेको छ । प्राकृतिक विपदबाट नेपाललाई पुर्‍ र्याएको क्षतिलाई मूल्याङ्कन गर्दै विश्व बैंकले तत्काल राहात तथा पुनरुत्थानका कार्यक्रमहरु सञ्चालन गर्न यस्तो सहयोग गरेको हो ।

विश्व बैंकले यस्तो सहयोगमा विभिन्न सर्तहरु तोकेको हो  । सोहि अनुसार नेपाल सरकारले उक्त रकमलाई सदुपयोग गर्नुपर्नेछ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालमा प्राकृतिक वा जलवायु-प्रेरित खतरा वा स्वास्थ्य आपतकालिन अवस्थामा प्रयोग गर्न नेपाल सरकारको लागि १५० मिलियन अमेरिकी डलर बराबरको आकस्मिक वित्तपोषण स्वीकृत गरेको छ।

नेपाल डिजास्टर रेजिलेन्स डेभलपमेन्ट पॉलिसी क्रेडिट विथ क्यास्टास्ट्रोफ डिफर्ड ड्राडाउन विकल्प (क्याट डीडीओ) सञ्चालनले नीति र नियामक सुधारहरूलाई यसले समर्थन गर्दछ । यसका साथै प्रभावकारी विपद् प्रतिक्रियाको लागि संस्थागत संयन्त्रहरूलाई बलियो बनाउने विश्व बैंकको विश्वास छ । यसले सरकारलाई प्रारम्भिक चुनौतीहरुको सामाना गर्न र जोखिम न्यूनीकरणका लागि आवश्यक नीति, संस्था र नियामक ढाँचाहरू निर्माण गर्न र महत्वपूर्ण पूर्वाधारहरूमा लगानी बढाउन सहयोग गर्ने विश्व बैंकको भनाइ छ ।

विश्व बैंकले क्याट डीडीओ कार्यक्रम मार्फत यस्तो आकस्मिक आर्थिक सहयोग उपलब्ध गराएको हो । जसले प्रकोप पछि तत्काल तरलताको पहुँच प्रदान गर्दछ । यसले सरकारलाई विपद् व्यवस्थापन र पुनरुत्थानको लागि उपकरण काम गर्ने विश्व बैंकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij