२०८३ साउन १० आइतबार

दशैंको मुखमा डेंगुको महामारी फैलिदै, देशभरमा १७ हजार बढीलाई डेंगुको संक्रमण

ई आर्थिक    मंगलबार, असोज २२ २०८१
8.8K
Shares
दशैंको मुखमा डेंगुको महामारी फैलिदै, देशभरमा १७ हजार बढीलाई डेंगुको संक्रमण

लापरवाही डेंगुको मूख्य कारण: डा. शेरबहादुर पुन

लक्ष्मण फुयाल, काठमाडौं । गत शुक्रबार भएको अविरल बर्षाको तान्डवले नेपाल जनधनमा धेरै क्षति निम्ताएको थियो । पछिल्लो समयमा नेपालका ७६ जिल्लाहरुमा डेंगुले तान्डव मच्चाएको छ । नजिकैदै गरेको चार्डपर्व र समुदामयमा भुसको आगोझै फैलिएको डेंगु सबैलाई टाउको दुखाईको विषय बनेको छ । विभिन्न स्वास्थ्य क्षेत्रहरु अस्पाताल लगायत स्वास्थ्य चौकिहरुमा डेंगुका संक्रमितहरु उपचारमालागि भर्ना भएका छन् ।

महानपर्व वडा दशैं निजीकिएसंगै दैनिक १ लाखको संख्यामा मान्छेहरु काठमाडौं उपत्यका छाडिरहेका छन् । वाकिङ डेङ्गुले कारण देशैभरी महामारी निमत्याउन सक्छ किनकी अहिले देशैभरी संक्रमतको संख्या बढ्दो देखिन्छ । दशैंको रमझमसंगै डेंगुको कारण अपस्तालमा डेंगु संक्रमितहरुको संख्या बढ्दो देखिन्छ । विभिन्न ठाँउहरुमा डेगु भाइरस समूदायहरुमा भुसको आगोझै फैलिरेहको स्वास्थ्य क्षेत्रका विशषेज्ञहरु बताउछन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार जुम्लामा बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । देशभर १७ हजार भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । आठ जना सङ्क्रमितको मृत्यु भएको छ । यो तथ्यांक गत जनवरी १ देखि ७ अक्टोबरसम्मको हो । नेपालमा अहिले डेंगुसंक्रमण दिनदिनै बढ्दै गएको छ ।  ईडिसिडीको तथ्याङ्कअनुसार ७६ जिल्लामा १७ हजार ६०२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । ईडिसिडीको अनुसार कास्की, काठमाडौं , तनहुँमा सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको छ। कास्कीमा दुई हजार ७०९, काठमाडौँमा दुई हजार ५६७, तनहुँमा एक हजार ९५४, पर्वतमा एक हजार ४२१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी, चितवनमा ९०७, गोरखामा ६२०, ललितपुरमा ६४६, बागलुङमा ५८९, भक्तपुरमा ३०८, स्याङ्जामा २९६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश अन्तर्गत गण्डकी, बागमती,लुम्बिनी र कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा आठ हजार ६२, बागमती प्रदेशमा पाँच हजार ५७१, कोशी प्रदेशमा एक हजार ४२२ जनामा डेंगु पुष्टि भएको हो । यसैगरी, लुम्बिनी प्रदेशमा एक हजार १३५, कर्णाली प्रदेशमा २५१, मधेश प्रदेशमा ३४३ र सुदूरपश्चिम प्रदेशमा ८१८ जनामा डेंगु पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । अविरल वर्षा तथा मनसुन लम्बिनु पनि डेंगुको प्रमुख कारण डेंगुबढेको बताउछन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन । नेपालमा डेंगु संक्रमण उच्च हुनाको कारण आममानिहरुको लापरवाही मूख्य कारण रहेको डा. पुनले बताए ।

के हो डेंगु ?

डेंगु लामखुट्टेबाट सर्ने एक प्रकारको भाइरस हो । यो नेपालमा मुलत सन् २००४ मा पहिलो पटक पुष्टि भएको थियो । दुई तिन वर्षको अन्तरालमा विस्तारै विस्तारै बढ्दै जादा सन् २०१० पछि नेपालका धेरै जिल्लाहरुमा यसको संक्रमण बढेको देखिन्छ । डेंगुबाट धेरै जिल्लाहरुका मानिसहरु प्रभावित भएका थिए । त्यस्तै डेंगुले सन् २०१९ मा काठमाडौंमा ठूलो महामारीको रुप लिएको थियो । सन् २०२२ मा इतिहासमै सबैभन्दा बढी मान्छेहरुको मृत्यु भएको संक्रमण भएको देखाउछ । डेंगु रोग डेंगी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुन बताछन् ।

उनि भन्छन् “डेंगु दिनमा सक्रिय हुने कालो सेतो छिरबिरे रङको देखिने लामखुट्टेको टोकाइबाट हुने गर्छ।” एडिस जातको लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्छन्। सङ्क्रमण भएको चारदेखि १० दिनसम्म सामान्यतया डेंगुका लक्षण देखिन्छ ।
सामान्यतया डेंगु मनसुनको सिजनमा देखिने भाइरस हो । वर्षा लम्बियर डेंगु बढ्नु भनेको अनुमानित मात्रै हो । बाढीपहिरोको कारणले धेरै ठाउँमा पानि जम्ने अलि प्रवल सम्भावना भएको हुदाँ हाम्रो ध्यान त्यतातिर नजादाखेरी लामखुट्टेहरुको बृद्दी विकासमा गर्न सहयोग पुग्ने हुदा हामीले संक्रमण बढेको अनुमान हामीले गरेको हौ  । ”

नेपालमा डेंगु संक्रमण उच्च हुनाको कारण आममानिहरुको लापरर्वाही मूख्य कारण हो । डेंगु नियन्त्रण सरकार एक्लैले गर्छु भनेर सम्भव हुदैन किनकी सरकारको प्रत्येक ठाउँमा उसको नजर पर्न सक्दैन् । सरकारले कुन ठाँउमा खाल्डो छ । लामखुट्टेहरु कुन टायरमा बसेको छन्, कुन स्थानामा छन्, सरकारले पत्ता लगाउने कुरा आउदैन भन्न खोजेको डेंगु नियन्त्रणमा सरकारले ध्यान दिएन भन्ने होइन । सरकारले केही गर्नुपर्ने केही गरेको छैन भनेको होइन् मूख्यरुपमा डेंगु नियन्त्रण गर्न स्थानीय सरकारले जनतासंग सहकार्य गरेर अगाडी बढ्न आवश्यक रहेको विषशेज्ञ पुनको धारणा छ । उनी भन्छन डेंगु नियन्त्रण गर्ने स्थानीय निकायहरुले स्वंयमसेवीकाहरुको सहयोग लिनुपर्‍यो साथै स्थानीय युवा क्लव, विभिन्न सामाजिक संघसंस्थाको मद्दबाट केही नियन्त्रण ल्याउन सकिन्छ यी कुराहरु हुनुपर्नेमा सक्रिय तथा क्रियासील रुपमा यी कार्यहरु हुन सकेको देखिएको छैन् यसबाट हामी डेंगुप्रति गम्भिर छैनौ भन्ने देखिन्छ ।

समुदायमा वाकिङ डेङ्गीको समस्या – डा पुन

“डेंगु लागेपछि मान्छेहरु सामान्य रुपमा अथा-उथाता गर्‍यो। हप्ता १० दिनमा निको भैहाल्छ । फेरीपनि मान्छेहरु यसलाई वास्था नगर्ने क्रम पनि जारी नै छ । यसले हाम्रो गैर जिम्मेवारी पन र रोगप्रति हाम्रो हेलचक्याइको कारण थप जोखिम हुनसक्ने सम्भावना देखाउछ । मैलै एउटा भनाइ सधै भन्ने गरेको छु र वाकिङ डेङ्गी अर्थात अधिकांस मान्छेहरु संक्रमित भएर आ-आफ्नो कार्यालयमा निरन्तर खटिरहेको अवस्था छ । हाम्रो दैनिकीलाई निरन्तरता दिइरहेको अवस्थामा छ । संक्रमित वाकिङ डेंगुलिएर हिडिरहेको छ । समुदायमा वाकिङ डेङ्गीको समस्या रहेको छ । संक्रमित बिरामीहरु प्रसस्त रहेको देखिन्छ । हामीले बुझ्नपर्ने कुरा डेंगुको प्रभाव सबैलाई एकनासको हुदैन् । केहीलाई जटिल किसीमको हुन्छ भने कसैलाई सामान्य किसीमको हुन्छ । संक्रमित व्यक्तिहरुले मान्छेहरुले कुन अवस्थामा अस्पताल जाने भन्नेकुरामा हेक्का राख्न जरुरी छ जस्तो लाग्छ”- उनले भने

कस्तो हुन्छ डेंगुका लक्षणहरु

डेगुको वार्निङ साइन भन्छौ जसमा निरन्तर वान्ता हुने, नाक गिजाबाट रगत आउने, गिजा रातो हुने, पेट दुख्ने, शरिर अति आलस्य हुने, उच्च ज्वरो आउने, कमजोर फिल गर्नु बेहोस होला जस्तो हुने लक्ष्णहरु देखिएमा तुरुन्तै अस्पाताल गएर डाक्टरको सल्लाह गरेर थप उपचार गर्नुपर्ने हुन्छ । अहिलेको समयको महत्वपूर्ण कुरा यही हो । हामीले समयमा उपचारमा ध्यान दिनुपर्छ ।

लामखुट्टेको नियन्त्रणमा हामीले एकदमै बेवास्था गरेका छौ । यसलाई हामीले बेवास्था गर्नु हुदैन् । मान्छेहरुले आफू संक्रमित भएको अवस्थामा अरुलाई संक्रमण हुने जोखिम हुन्छ । जस्तै संक्रमित कुनै व्यक्ति कुनै ठाँउमा जादा त्यहाँ भएको लामखुट्टेले उसलाई टेक्दा लामखुट्ट् डेंगुको किटाणु बोकी अन्यलाई पनि सार्ने जोखिम हुन्छ । त्यसले हामीले डेंगु फैलाउने लामखुट्टेलाई बेवास्था गर्नुहुदैन् । वाकिङ डेङ्गी लिएर बसेका मान्छेहरुलेकारण पछि महामारीको रुप लिन सक्छ । हामिले दशैंमनाउदै गर्दा डेंगु नियन्त्रण गर्ने उपायहरु अपनाउनु पर्दछ । थप वाकिङ डेङ्गी लिएर बसेका मानेहरुले अरुलाई सार्नेहोइन यसलाई निराकरण गर्न डाक्टरको परामर्ष लिन अस्पताल जानुपर्छ

सरकारको डेङ्गी सङ्क्रमणविरुद्द रोग सार्ने लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियान

स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी बरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रका भन्छन् स्वास्थ्य मन्त्रालयले डेंगु नियन्त्रण लगायत बाढी पहिरो बाट संक्रमण रोग फैलन नदिन विभिन्न योजना बनाएको छ । “ मनसुनपछि डेंगीको संक्रमण सधै भैरहने हो । विगत तिन चार वर्षदेखि नेपालमा डेंगु निरन्तर रहिआएको छ ।

अहिले नेपालमा डेंगुको संक्रमण दर पोहोरको जति पुगेको छैन् । तरपनि मनसुन पछिको अवस्थामा जहाँ पानी जम्छ, सफा पानि जम्ने ठाँउमा लामखुट्टेले फुल पार्न सक्ने भएकोले डेङ्गी सङ्क्रमणविरुद्द उक्त रोग सार्ने लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियान स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको छ । डेंगुको संक्रमण न्यूनिकरण गर्ने विभिन्न आमसञ्चार माध्यमबाट सूचना प्रवाह गरेका छौ । हिजोभन्दा १० दिन पहिले हामीले नेपाल टेलिकमबाट फोनहरुको रिङटोनमार्फत सूचना प्रभाह गरेका थियौ । बाढी प्रभावित क्षेत्रहरुमा तथा पानी पर्ने ठाँउहरुमा पानी जम्ने सम्भावना रहेको हुदाँ पानी दुषित बन्ने हुदा मन्त्रलायत त्यस्ता संकट क्षेत्रका आमनागरिकहरुलाई पानी उमालेर खान सन्देश प्रभाह गरेका छौ । स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी बरिष्ठ जनस्वास्थ्य अधिकृत मिश्रले भने ।

सरकाका स्वास्थ्य क्षेत्रका सबै अंगहरुबाट काम भैरहेका छन् । स्वास्थ्य मन्त्रालयमात्रै होइन् केन्द्रीय स्तरका अस्पतालहरुमार्फत, प्रदेशीक अस्पताल, प्रत्येक स्थानीय निकाहरुमा रहेका स्वास्थ्य चौकीमार्फत सबैले आआफ्नो तबरबाट डेंगु नियन्त्रणका कामहरु भैरहेका छन् ।
मन्त्री ज्यूको संयोजकत्वमा विभिन्न सरोकारबाला निकायहरुसंग समन्वयका कार्यहरु भएका छन् । खोज र नस्ट गर अभियानमा स्वास्थ्य मन्त्रालय सबै तह र तप्कामा समन्वय गरिरहेको छ । बाढीपहिरो प्रभावितहरुको लागि विपद् प्रतिकार्य टोलीको परिचालन भएर कामहरु भैरहेको छ । विपत पछिको अवस्थामा फैलनसक्ने महामारी लगायत सचेतना तथा सतर्कताका काम कारर्वाहीहरु अगाडी बढेका छन् ।

डेंगुबाट बच्ने उपायहरु

डेंगु सङ्क्रमण भएपछि चिकित्सकको सल्लाहबिना कुनै पनि औषधीको सेवन नगर्न डा.पुनको सुझाव छ। बिरामीलाई असाध्यै जोर्नीमा दुःखाइ भएमा, तारन्तार वान्ता भएमा, आलस्य धेरै भएमा गम्भीर स्वास्थ्य समस्या निम्तिने हुँदा तुरुन्तै अस्पतालमा जान डा.पुनको सुझाउछन् ।
घरमा बसेर उपचार गर्दा चिकित्सकको सल्लाह बमोजिम जिउ दुख्न कम गर्नको लागि प्यारासिटामोल खानु पर्छ । बिरामीले झोलिलो खानेकुरा प्रशस्त खान उनको आग्रह छ। लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन, सुत्दा झुलको प्रयोग गर्न चिकित्सकको सुझाव छ ।
– लामखुट्टे बस्न र फैलन नदिने
– पुरा शरीर ढाक्ने लुगा लगाउनु पर्छ
– लामखुट्टे भगाउने धुप वा लिक्विडको प्रयोग गर्ने
– क्रिमको प्रयोग गर्ने
– झ्याल ढोकामा जाली हाल्ने

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij