२०८३ साउन १० आइतबार

सेक्यूर्ड सेक्युरिटिजका लगानीकर्ताले आइतबारबाट नयाँ टिएमएसबाट शेयर किनबेच गर्न पाउने

ई आर्थिक    शुक्रबार, असोज १८ २०८१
3.7K
Shares
सेक्यूर्ड सेक्युरिटिजका  लगानीकर्ताले आइतबारबाट नयाँ टिएमएसबाट शेयर किनबेच गर्न पाउने

ई- आर्थिक, काठमाडौं  ।  शेयर बजारका लगानीकर्ताले आइतबारबाट  नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने  भएका छन् ।  ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।

यस अघि सेक्यूर्ड सेक्युरिटीले दिँदै आएको नेप्से टिएमएस सुबिधा आइतबारदेखि बन्द हुने जनाएको छ। सेक्यूर्ड सेक्युरिटिजबाट कारोबार गर्दै आएका लगानीकर्तालाई नयाँ टिएमसको लगइन गर्न एक सूचना जारी गरेको छ। यसैगरी नयाँ टिएमएस कसरी चलाउन सकिन्छ भन्ने तालिम लिन चाहनेले लगानीकर्तालाई कार्यालयमा सम्पर्क गर्न सूचनामा भनिएको छ।

कम्पनीले ल्याएको उक्त नयाँ टिएमएस सुबिधा डेस्कटप र मोबाइल दुवै भर्सनमा उपलब्ध गराइएको छ। यस अघि नेप्सेले उपलब्ध गराएको टिएमएसमा भन्दा बढी केही नयाँ फिचरहरू नयाँ टिएमएसमा उपलब्ध हुने बताइएको छ।

अहिले एक मात्रै कम्पनीले उक्त सुबिधा दिएको भएपनि अरू ब्रोकर कम्पनीले उक्त सुबिधा दिने छैनन्। तर आउने दिनमा ३३ ब्रोकर कम्पनीले नयाँ टिएमएस सुविधा क्रमिक रुपमा उपलब्ध गराउँदै लैजाने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij