२०८३ असोज १ बिहिबार

१९ बर्षमा साना तथा मझौला व्यवसायी महासंघमा महिला नेतृत्व, इनु पौडेलको अध्यक्ष रहेको कार्यसमितिमा को–को ?

ई आर्थिक    बुधबार, असोज १६ २०८१
7.8K
Shares
१९ बर्षमा साना तथा मझौला व्यवसायी महासंघमा महिला नेतृत्व, इनु पौडेलको अध्यक्ष रहेको कार्यसमितिमा को–को ?

ई–आर्थिक, भक्तपुर : साना तथा मझौला व्यवसायी महासङ्घ नेपालको नयाँ नेतृत्वमा इनु पौडेल निर्वाचित हुनुभएको छ । भक्तपुरमा आयोजित महासङ्घको विशेष साधारण सभाले पौडेललाई निर्विरोध निर्वाचित गरेको हो ।

अध्यक्षमा पौडेल निर्वाचित भएसँगै १९ वर्षको इतिहास बोकेको महासंघले पहिलो पटक महिला नेतृत्व पाएको छ ।

निर्वाचित भएपछि अध्यक्ष पौडेलले साना तथा मझौला व्यवसायीका समस्या सम्बोधन गर्दै सहज औद्योगिक वातावरण निर्माणमा लागि पर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले कोभिड पछि विश्वभर देखा परेको आर्थिक मन्दीको चपेटामा व्यवसायीहरू पनि परेको तथा कच्चा पदार्थको सहज आपूर्तिमा समस्याको साथै उत्पादित सामाग्रीको बजारीकरणमा पनि समस्या देखिएकाले यस तर्फ आफू सचेत अनि गम्भीर रहेको बताउनुभयो ।

महासङ्घको महासचिवमा कुमार भुजेल, सचिवमा सुलोचना राजभण्डारी र कोषाध्यक्षमा रवीन्द्र थापा(रवि) निर्वाचित हुनुभएको छ ।

त्यसै गरी सहअध्यक्षमा राम केशर विष्ट, वरिष्ठ उपाध्यक्षमा गणेश सिंह विष्ट, प्रथम उपाध्यक्षमा परमेश्वरी विष्ट, द्वितीय उपाध्यक्षमा शान्त कुमार श्रेष्ठ, तृतीय उपाध्यक्षमा कुल बहादुर काफ्ले , चतुर्थ उपाध्यक्षमा अमूल मान श्रेष्ठ तथा बस्तुगत, एसोसियट र प्रदेश समेत गरी २७ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

विशेष अधिवेशनमा निर्वतमान अध्यक्ष हरिभक्त पराजुलीमाथि परेको अविश्वासको प्रस्ताव बहुमतले पारित भएको थियो । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले विशेष साधारण सभाको उद्घाटन गर्दे साना तथा मझौला व्यवसायको प्रवर्द्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij