२०८३ साउन ११ सोमबार

अविरल वर्षाले देशभरका विभिन्न १६ जलविद्युत आयोजनाहरुमा क्षति

ई आर्थिक    आइतबार, असोज १३ २०८१
7.5K
Shares
अविरल वर्षाले देशभरका विभिन्न १६ जलविद्युत आयोजनाहरुमा क्षति

लक्ष्मण फुयाल, काठमाडौं । विगत तीन देखि  लगातार परेको  अविरल वर्षाले देशभरका विभिन्न जलविद्युत आयोजनाहरुमा क्षति तथा डुवानमा परेका छन् ।

विभिन्न जलविद्युत आयोजनाहरु मध्ये १६ जलविद्युत आयोजनाको क्षति विवरण आएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको सस्था नेपाल (IPPAN) इप्पानका  अनुसार मान्डू हाइड्रोपावर, तल्लो हेवाखोला जलविद्युत आयोजना,सोलु दुधकोशी जलविद्युत आयोजना, माइखोला क्यासकेड जलविद्युत आयोजना,  फेमे खोला जलविद्युत आयोजना लगायत विभिन्न जलविद्युत आयोजनामा पावरहाउसमा क्षति साथै विभिन्न परियोजना विद्युत उत्पादन बन्द भएका छन ।

बाढीका कारण क्षतिग्रस्त केही जलविद्युत आयोजनाहरुको प्रारम्भिक विवरण  

माण्डुखोला २२ मेगावट जलविद्युत आयोजना  बागमती नदिको बहाव उच्च हुनाको साथै कुलेखानीको जलविद्युत् केन्द्रको जलाशय  खोल्दा  माण्डुखोला २२ मेगावट  आयोजना डुबेको हो ।  मान्डू हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना, मकवानपुर पावर हाउस पूणर्रुपमा डुबेको छ । साथै  माउन्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना, पाँचथर  रहेको गत वर्षको बाढीबाट पनि प्रभावित, पावर हाउस डुबानमा परेको छ ।   पाँचथर पावरद्वारा प्रवद्र्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजा, पाँचथर गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनँःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त भएको इप्पानले जनाएको छ ।

त्यस्तै  साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजना, सोलुखुम्बु को हेडवक्समा  क्षति  उत्पादन बन्द भएको छ ।   सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजना, इलाम ९ बाँध र टेलरेसमा क्षति, उत्पादन बन्द छ ।  सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजना, इलाम ९बाँध र प्रसारणलाइनमा क्षति भएको छ ।   फेमे खोला जलविद्युत आयोजना १ मेगावाट, पाँचथर, ९बाँध र विद्युतगृह पूणर्रुपमा क्षति  भएको छ ।   सिउरीखोला जलविद्युत आयोजना ५ मेगावाट, लमजुङ, ९टेलरेस, इन्टेक र टनेलमा क्षति पुगेको छ ।  सुपरन्यादी जलविद्युत आयोजना, ४० मेगावाट, लामुजुङ, पहुँचमार्गमा क्षति, प्रोटेक्सन वालमा क्षति पुगेको छ ।

साथै , इलेप खोला तातोपानी जलविद्युत आयोजना, २५ मेगावाट, धादीङ, ९पहुँचमार्गमा ठूलो क्षति पुगेको छ। साथै  माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना २१६ मेगावाट, नुवाकोट, ९ क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको छ ।   हेवाखोला जलविद्युत आयोजना, १० मेगावाट, पाँचथर ९क्रसर पुरिएको, पहुँचमार्गमा क्षति पुगनाको साथै प्रसारणलाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको आयोजनाले जनाएको छ ।

सभाखोला बी जलविद्युत आयोजना, १५.१ मेगावाट, पाँचथर, ९पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको छ  सभाखोला सी जलविद्युत आयोजना, ६।३ मेगावाट, पाँचथर, ९पहुँचमार्गमा क्षति पुगेको छ ।   लान्द्रुक मोदी जलविद्युत आयोजना, ८६।५९ मेगावाट, कास्की, ९पहुँचमार्गमा क्षति भएको छ ।   सुपर त्रिशूली जलविद्युत आयोजना, १०० मेगावाट, नुवाकोट ९२ वटा स्काभेटर बगाएको, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको, बेलीब्रिज बगाएको, पावर हाउस स्काभेसन पुरिएको छ ।

जलविद्युत आयोजनामा सञ्चारसम्पर्क विच्छेद भएकाले सबै आयोजनाको विवरण प्राप्त हुन नसकेक इप्पानले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij