ई–आर्थिक, काठमाडौं । ललितपुरको हात्तिवन, हरिसिद्धीमा रहेको नमस्ते सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको १८औं बार्षिक साधारणसभा सम्पन्न भयो ।
संस्थाका अध्यक्ष राम केशर विष्ट (विशाल) को अध्यक्षतामा सम्पन्न साधारणसभामा प्रमुख अतिथिको रुपमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामहरी बजगाई उपस्थिति रहेको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक बजगाईंले मुलुकको विषम परिस्थितिका बाबजुद पनि संस्थाले सदस्यहरुलाई आफ्नै भवनबाट आधुनिक सेवा प्रदान गर्न सफल भएको भन्दै प्रशंसा गरे । साधारणसभाको सफलताको शुभकामना दिंदैं उनले सबै सदस्यले आफ्नै संस्थामार्फत नै बचत तथा ऋणको कारोबार गर्न आग्रह गरे । ‘सदस्यले संस्थालाई आफ्नै सम्झेर कारोबार गरे मात्रै संस्था प्रगतितर्फ लम्कन्छ । ’ उनले भने– ‘संस्थाको प्रगति भए प्रगतिको प्रतिफलको भागिदार सदस्यहरु नै हुने भएकाले संस्थासँगै आफ्नो पनि प्रगति हुने बताए ।

साधारण सभामा ज्योतिष परिषद् नेपालका बरिष्ठ उपाध्यक्ष लेखनाथ न्यौपानेलगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
सभाले आगामी चार बर्षका लागि नयाँ सञ्चालक समिति पनि चयन गरेको छ । जसमा अध्यक्षमा रामकेशर बिष्ट (बिशाल), उपाध्यक्ष भुवन खत्री, सचिव चन्द्रबहादुर श्रेष्ठ, कोषाध्यक्ष अमृता त्रिपाठी रहेका छन् भने सञ्चालकहरुमा सन्तोषराज के.सी., कुमार कार्की र राजकुमार महर्जन चयन भएका छन् ।
त्यस्तै लेखा समितिको संयोजक हरिप्रसाद सापकोटा रहेका छन् भने सदस्यमा राजेन्द्र खड्का रहेका छन् ।

संस्थाका अध्यक्ष रामकेशर बिष्ट (बिशाल) ले संस्थाको सेयर पुँजी बढाउने, बचत संकलन बृद्धि गर्ने र थपिएको सेयर पूँजी र बचतलाई सदस्यकै हितमा प्रयोग गर्ने बताए । संस्थालाई आफ्नै सम्झी कारोबार गर्न समेत उनले सदस्यहरुलाई आग्रह गरे ।
नयाँ सञ्चालक समितिले मुलुकको जस्तैसुकै विषम परिस्थिको सामाना गर्दै संस्थालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
आफ्नै आधुनिक भवनबाट सरल, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्दैै आएको यो संस्था सहकारी क्षेत्रमा तीन दशक बढी समय विताइसकेका स्थानीयहरुद्वारा स्थापना गरिएको हो ।