२०८३ साउन ११ सोमबार

नृत्य निर्देशक संघ नेपालको प्रथम राष्ट्रिय भेला तयारीका लागि पोखरामा बृहत छलफल हुने

ई आर्थिक    शनिबार, भाद्र १ २०८१
5.4K
Shares
नृत्य निर्देशक संघ नेपालको प्रथम राष्ट्रिय भेला तयारीका लागि पोखरामा बृहत छलफल हुने

ई–आर्थिक, काठमाडौं । नृत्य निर्देशक संघ नेपालको प्रथम राष्ट्रिय भेला २०८१ तयारीका लागि अध्यक्ष र सचिव स्तरीय बृहत छलफल कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम २०८१ भदौ २ गते आईतबार पर्यटकिय राजधानी गण्डकी प्रदेश पोखरामा हुने भएको हो । नृत्य निर्देशक संघ नेपाल केन्द्रीय कार्यसमितिको आयोजनामा आयोजित कार्यक्रम नृत्य निर्देशक संघ नेपाल गण्डकी प्रदेश कमिटीले संयोजन गरेका हुन ।

नृत्य निर्देशक संघ नेपालको अध्यक्षमा वरिष्ठ नृत्य निर्देशक भुवन श्रेष्ठ छ्न भने वरिष्ठ उपाध्यक्षमा प्रदिपमान श्रेष्ठ, उपाध्यक्षमा शम्भु शाही, महिला उपाध्यक्षमा भावना कार्की,उपाध्यक्ष ज्ञान बहादुर महर्जन, महासचिवमा नृपध्वज खत्री, सचिवमा ऋषिकेश श्रेष्ठ, कोषाध्यक्षमा शारदा सोती शर्मा, सह–सचिवमा रवि राना मगर, सह कोषाध्यक्षमा केशव कोइराला तथा अन्य बोर्ड सदस्यहरूमा प्रमिला कार्की ढकाल, बुद्ध लामा, सृजना श्रेष्ठ तथा सिर्जना राजबहाक, भोगेन्द्र मानन्धर,संगीता खड्की,महेन्द्र निरौला,देबेन्द्र कुँवर,मोहन तौजले रहेका छन ।

उक्त भेलामा कोशी प्रदेश,बाग्मती प्रदेश,लुम्बिनी प्रदेश ,मधेस प्रदेश,कर्णाली प्रदेश र गण्डकी प्रदेशबाट अध्यक्ष र सचिव को उपस्थिति रहने छ । साथै प्रदेश अन्तर्गत रहेका जिल्ला,नगर र गाउँपालिकाका अध्यक्ष र सचिवहरुको पनि उपस्थिति रहने संघका सचिव तथा प्रवक्ता ऋषिकेश श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij