२०८३ साउन ११ सोमबार

आफूविरुद्ध नियोजित कदम चालिएको उपसभामुख रानाको दाबी

ई आर्थिक    शुक्रबार, साउन ४ २०८१
3K
Shares
आफूविरुद्ध नियोजित कदम चालिएको उपसभामुख रानाको दाबी

ई–आर्थिक, काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले केही सञ्चारमाध्यममा ‘उपसभामुख इन्दिरा रानाले केही युवालाई अमेरिका पठाउन अमेरिकी दूतावासमा भिसा आवेदन दिएको र अमेरिकाले उनीसहित कसैलाई पनि भिसा भने दिएन’ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो ।

अमेरिकी दूतावासमा पठाएको विवादित पत्रबारे शुक्रबार स्पष्टीकरणसहितको विज्ञप्ति जारी गर्नुहुँदै उपसभामुख रानाले आफूविरुद्ध ‘नियोजित कदम’ चालिएको बताउनुभएको छ ।

‘‘मैले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु मविरुद्ध नियोजित कदम रहेको देखिन्छ । मलाई नजिकबाट चिन्नेहरु मेरो स्वभावसँग जानकारै हुनुहुन्छ । मेरा स्वभावगत कमजोरी धेरै होलान्, त्यसबाट फाइदा उठाउने पनि धेरै होलान् तर अनैतिक कार्य मबाट भएको छैन, हुनेछैन,’’ उपसभामुख रानाले भन्नुभएको छ, ‘‘आम जीवनबाट राजनीतिमा आइपुग्दा मैले दशकौं लगाएर आर्जन गरेको प्रतिष्ठा र सेवामा समर्पित सार्वजनिक जीवनमाथि लाञ्छना लगाउने कुत्सित प्रयासबाट कत्ति पनि विचलित नभई म नेपाल र नेपालीको सेवामा निरन्तर लागिरहेको जानकारी गराउन चाहन्छु ।’’

गत वर्ष २०२३ को मार्च महिनामा यूएनसिएसडब्लुको सम्मेलनसँगै समानान्तर रूपमा आयोजना हुने एनजीओसीएसडब्लु ६७ को सहभागिताका लागि आफूलगायत अन्य सहभागीलाई आएको निमन्त्रणा स्वीकार गरेको विज्ञप्तिमार्फत उहाँले उलेल्ख गर्नुभएको छ ।

उपसभामुख रानाले अमेरिका जाने क्रममा–यात्रा गर्नुपर्ने समयावधि अत्यन्त छोटो रहेको तर राजदूतावासमा अन्तर्वार्ताको मिति लिन लामो समय कुर्नुपर्ने अवस्था रहेकाले आफूले पत्र लेखेको उल्लेख गरेकी छन् ।

‘‘मैले मसँगै उक्त कार्यक्रममा सहभागी हुन जान निमन्त्रणा आएको र उक्त कार्यक्रममा मेरो लागि सहयोगीसमेत भैदिने हुनाले अन्तर्वार्ताका लागि मिति लिइदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासलाई अन्तर्वार्ताका लागि मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ’ उहाँले भन्नुभयो, ‘कसैले भिसा दिन जा नदिने स्वनिर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ । मैले कसैको भिसाका लागि अनुरोध पनि गरेकी छैन ।’’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij