२०८३ साउन १० आइतबार

मेलम्चीको पानी बाह्रै महिना वितरण गर्न खानेपानीमन्त्री यादवको निर्देशन

ई आर्थिक    शुक्रबार, साउन ४ २०८१
5K
Shares
मेलम्चीको पानी बाह्रै महिना वितरण गर्न खानेपानीमन्त्री यादवको निर्देशन

ई–आर्थिक, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउन सम्बन्धित निकायका कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले जनताको गुनासोलाई ध्यानमा राखी मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभयो ।

अनामनगरस्थित मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालय कार्यालयको बिहीबार गर्नुभएको निरीक्षण तथा सो कार्यालयको कार्य प्रगतिबारे जानकारी लिएपछि मन्त्री यादवले निर्देशन दिनुभएको हो ।

उहाँले काठमाडौँ उपत्यकामा खानेपानी वितरण प्रणाली, फोहोर पानी व्यवस्थापन, पानी प्रशोधन केन्द्रहरूको निर्माण तथा सञ्चालनलगायतको आयोजनाबारे जानकारी लिनुभएको थियो । उहाँले भन्नुभयो, “ मेरो पहिलो प्राथमिकता जनताको समस्या समाधान गर्नु हो । मेलम्ची खानेपानी आयोजनाको पानी वर्षभरि काठमाडौँका बासिन्दालाई पु¥याएर देखाउनु पर्छ ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij