२०८३ साउन १० आइतबार

सहकारी संसदीय छानबिन विशेष समितिले पूर्वसचिवसँग ग¥यो छलफल

ई आर्थिक    बुधबार, साउन २ २०८१
5.4K
Shares
सहकारी संसदीय छानबिन विशेष समितिले पूर्वसचिवसँग ग¥यो छलफल

ई–आर्थिक, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले आज पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरुसँग छलफल गरेको छ । समितिले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा, सहकारी मन्त्रालयका सचिवद्वय गोपीनाथ मैनाली र डा.दामोदर रेग्मीसँग छलफल गरेको समितिका सभापति सूर्य थापाले जानकारी दिनुभयो ।

सहकारी ऐनको निर्माण, नियमनको प्रबन्ध, सहकारी सङ्कटलगायत विभिन्न संरचनाको कानुनी एवम् व्यावहारिक अभ्यास र अनुभवका सम्बन्धमा छलफल भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार आवश्यक कागजात मागिएका निकायका सम्पर्क व्यक्तिसँग फलोअप गर्ने, देशभरि राम्रोसँग सञ्चालन भइरहेका सहकारीसँग प्रतिनिधिमूलक छलफल गर्ने, विभिन्न व्यक्तिसँग गरिने सोधपुछको प्राविधिक तयारी र व्यवस्थापन गर्ने, सहकारी संस्थाका लेखापरीक्षकको अनुभवमा आधारित छलफल गर्ने निर्णय गरिएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij